७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण

अ+ अ-

काठमाडौँ । चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)लाई डिएनए परीक्षणको लागि आवश्यक उपकरण, सामग्री तथा प्रविधि उपलब्ध गराएको छ । 

रसुवा बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि डीएनए प्रोफाइलिङ गर्न चीनले नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण गरेको हो । बुधवार विज्ञान तथा प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको उपस्थितिमा आयोजित एक कार्यक्रममा कार्यक्रममा नेपालका लागि चीनका राजदुत झाङ माओमिङले डीएनए प्रोफाइलिङका लागि आवश्यक सामग्री तथा प्रविधि नाष्टलाई हस्तान्तरण गरेका छन् ।

बाढीपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा मात्रै डिएनए नमूना परीक्षण सम्भव नभएपछि  नास्टको प्रयोगशालामा पनि परीक्षण गर्ने काम भइरहेको नास्टका वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डा. रामचन्द्र पौडेलले बताए। पौडेलकाअनुसार हालसम्म नास्टको प्रयोगशालाले करिव ८०७ वटा नमुना प्राप्त गरेको छ । नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट मात्रै पछिल्लो पटक १२ वटा नमुना नास्टले प्राप्त गरेको उनले जानकारी दिए। 

बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता भएको प्रारम्भिक विवरण आएपछि नमूना परीक्षणलाई तीव्रता दिन विभिन्न प्रयोगशालाबीच काम बाँडफाँट गरिएको उनले बताए । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा भारतबाट आएका विज्ञले समेत सहयोग गरिरहेका छन् भने नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पनि विदेशी विज्ञको सहयोग रहेको उनको भनाइ छ । नास्टले प्राप्त गर्ने नमुनाको प्रोफाइल तयार गरी सम्बन्धित फरेन्सिक प्रयोगशालालाई उपलब्ध गराउने पौडेलले बताए। अन्तिम विश्लेषण तथा पहिचानका लागि आवश्यक डेटासँग मिलान गर्ने काम सम्बन्धित वैधानिक फरेन्सिक निकायबाट हुने उनको भनाई छ ।

उनले भने, ‘अहिले आएको बाढीपछि बगाएका शवहरूको डीएनए प्रोफाइलिङ गर्ने काम हामीले यहाँ गरेका छौँ । तर यसको वैधानिक रूपमा डीएनए प्रोफाइलिङ गर्ने जिम्मेवारी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको फरेन्सिक ल्याबसँग हुन्छ । तर यो काम दुई वटा ल्याबले मात्र गरेर सम्भव हुने अवस्था थिएन । हामी पनि विज्ञान मन्त्रालयअन्तर्गतको निकाय भएकाले नास्टले सहयोग गर्दा कामलाई अझ छिटो अघि बढाउन सकिन्छ भन्ने उद्देश्यले यो काम सुरु गरिएको हो । मन्त्रीज्यूको विशेष पहलमा चीन सरकारको सहयोगबाट आएका उपकरण तथा अन्य सहयोगबाट प्राप्त उपकरणहरू राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, प्रहरी फरेन्सिक ल्याब र यहाँ ल्याइएका छन् । अहिले हामी यस प्रयोगशालाका वैज्ञानिकहरूले सम्बन्धित विज्ञहरूसँग सहकार्य गरेर काम गरिरहेका छौँ । यस क्रममा उहाँहरूले हामीलाई तालिम दिने, हाम्रो क्षमता विकास गर्ने र आवश्यक डेटा उत्पादन गर्ने काम गरिरहनुभएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि आएका हड्डी, दाँतलगायतका नमुना तथा हराएका व्यक्तिहरूको पहिचानका लागि उत्खनन गरिएका नमूनामध्ये केही उहाँहरूले आफैँ परीक्षण गर्नुहुन्छ र केही नमुना हामीलाई पठाउनुहुन्छ । हामी ती नमुना आधिकारिक रूपमा लिन्छौँ, किनभने मैले अघि पनि भनेँ-यसको वैधानिक जिम्मेवारी हामीसँग होइन, सम्बन्धित फरेन्सिक संस्थाहरूसँग नै छ । हामीले तयार गरेको डेटा उहाँहरूलाई पठाउँछौँ । त्यसपछि डेटा विश्लेषण गर्ने काम फरेन्सिक ल्याब तथा प्रहरीको सम्बन्धित संयन्त्रले गर्छ । उहाँहरूसँग अन्तर्राष्ट्रियस्तरको डेटाबेसमा पहुँच पनि छ । हामीले पठाएको डेटा त्यहाँ समावेश हुन्छ ।’

उनकाअनुसार नास्टमा भइरहेको कामले तत्कालीन डीएनए परीक्षणसँगै नेपाली वैज्ञानिकको क्षमता विकासमा समेत सहयोग पुगेको छ । चिनियाँ विज्ञहरूले आफ्ना उपकरणसहित नेपाल नेपाली वैज्ञानिकलाई तालिम र प्राविधिक सहयोग गरिरहेको उनले बताए। पौडेलका अनुसार मानव अवशेषबाट डीएनए निकाल्ने प्रविधि अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै सञ्चालन भइरहेको छ । चिनियाँ उपकरण र प्रविधि प्रयोग गर्दा प्रक्रिया थप अनुकूलित भएकाले परीक्षणलाई तीव्र बनाउन सहयोग पुगेको उनको भनाइ छ । 

उनले नमुनाको संख्या घटेपछि नियमित रूपमा हुने फरेन्सिक परीक्षण राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र प्रहरीको फरेन्सिक ल्याबबाटै सञ्चालन गर्न सकिने बताए। 

0 Comments