७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘डिजिटल भुक्तानी प्रणालीमा सुरक्षा चुनौती छ’ : सांसद बराल

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) की सांसद यशोदाकुमारी बरालले डिजिटल भुक्तानी प्रणालीमा विद्यमान सुरक्षा चुनौती र प्राविधिक समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको छलफलमा भाग लिँदै सांसद बरालले डिजिटल भुक्तानी अहिलेको अपरिहार्य आवश्यकता भएको स्वीकार गर्दै यसको प्रवर्द्धनमा आफ्नो पूर्ण समर्थन रहेको बताएकी हुन् ।

तर प्रणालीको सुरक्षा र उपभोक्ताले भोग्नुपरेका व्यावहारिक कठिनाइप्रति सरकार मौन रहन नहुने उनको भनाइ छ । उनले आफ्नै ई-सेवा खाताबाट २१ हजार ९ सय रुपैयाँ हराएको व्यक्तिगत अनुभव सुनाउँदै सर्वसाधारणको रकम कति सुरक्षित छ भन्ने प्रश्न गरिन् ।

सांसद बरालका अनुसार अन्तर-बैंकिङ कारोबारमा देखिने सर्भर समस्या र तीन दिनसम्म भुक्तानी ‘वेटिङ’मा रहने अवस्थाले सेवाग्राहीलाई मारमा पारेको छ । विदेशी डिजिटल भुक्तानी कम्पनीहरूको प्रवेशलाई स्वागत गरे पनि त्यस्ता प्रणालीमा राष्ट्रिय सुरक्षा र डेटा गोपनीयताको सुनिश्चितता हुनुपर्ने उनको जिकिर छ ।

उनले सरकारलाई यस्ता प्रणालीका फाइदा र बेफाइदाबारे स्पष्ट हुन र उपभोक्ताको रकम सुरक्षित राख्न आवश्यक नीतिगत व्यवस्था गर्न आग्रह गरेकी छन् ।

0 Comments