७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भिसाको उद्देश्य विपरीत काम गरेको भन्दै ८८ विदेशीको व्यावसायिक भिसा रद्द

अ+ अ-

काठमाडौँ । अध्यागमन विभागले व्यावसायिक भिसाको उद्देश्य विपरीत अन्य प्रकृतिको काममा संलग्न रहेको भन्दै ८८ जना विदेशी नागरिकको व्यावसायिक भिसा रद्द गरेको छ।

विभागले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सिन्धुलीको मरिण गाउँपालिका-४, साहानस्थित निर्माणाधीन जियान फुड्स प्रालि (नेपाल हिट-प्रोसेस्ड बफेलो मिट एक्सपोर्ट टु चाइना प्रोजेक्ट) मा कार्यरत ८८ जना विदेशी नागरिकले अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिएको पाइएको जनाएको हो।

विभागका अनुसार ती विदेशी नागरिकले आफूले भिसा प्राप्त गर्दा उल्लेख गरिएको व्यवसाय वा लगानीको उद्देश्यभन्दा फरक प्रकृतिको रोजगारी, श्रम वा अन्य कार्यमा संलग्न रहेको अनुगमनका क्रममा भेटिएको थियो।

अध्यागमन विभागले सम्बन्धित निकायसँगको समन्वयमा गरेको पछिल्लो अनुगमनका क्रममा यस्तो अवस्था भेटिएपछि उनीहरूको व्यावसायिक भिसा रद्द गरिएको जनाएको छ। उनीहरूलाई अध्यागमन ऐन, २०४९ बमोजिम जरिवाना गरी निष्कासनको प्रक्रिया समेत अघि बढाइएको विभागले जनाएको छ।

प्रचलित कानुनअनुसार नेपालमा व्यापारिक वा औद्योगिक व्यवसायमा लगानी गर्ने इजाजतप्राप्त विदेशी नागरिक वा त्यस्तो संस्थाका अधिकृत प्रतिनिधिलाई सम्बन्धित निकायको सिफारिसमा व्यावसायिक भिसा जारी हुँदै आएको छ। नेपालमा उत्पादित मालसामान खरिद गरी निकासी गर्ने विदेशी नागरिकलाई समेत व्यावसायिक भिसा दिने व्यवस्था रहेको विभागले स्पष्ट पारेको छ।

अध्यागमन नियमावली, २०५१ ले व्यावसायिक भिसा प्राप्त गर्ने विदेशी नागरिकले जुन उद्देश्यका लागि भिसा लिएको हो, त्यही उद्देश्यअनुसार नेपालमा बस्नुपर्ने व्यवस्था गरेको छ। यस्तो भिसा रोजगारी, श्रम वा अन्य असम्बन्धित कार्यका लागि प्रयोग गर्न नपाइने विभागले जनाएको छ।

विभागले सबै विदेशी नागरिकलाई आफूले प्राप्त गरेको भिसाको उद्देश्य र तोकिएका शर्तअनुसार मात्र गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ।

त्यस्तै, उद्योग, कम्पनी, प्रतिष्ठान तथा रोजगारदातालाई उपयुक्त भिसा र आवश्यक स्वीकृतिबिना विदेशी नागरिकलाई रोजगारीमा संलग्न नगराउन विभागले सचेत गराएको छ।

अध्यागमन कानून तथा अन्य प्रचलित कानूनविपरीतका गतिविधिमा विदेशी नागरिक वा सम्बन्धित संस्था संलग्न भएको पाइएमा कानूनबमोजिम कारबाही गरिने विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

0 Comments