८ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्व प्रधानमन्त्री नेपालको आग्रह

अ+ अ-

नुवाकोट । भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट आएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रभावितको पुनरुत्थान सुरक्षित स्थानमा गर्नुपर्ने बताएका छन् ।

धादिङको गल्छीदेखि नुवाकोटको त्रिशूली बजारसम्म बाढीबाट भएको क्षतिको स्थलगत अवलोकनपछि उनले जोखिमयुक्त स्थानमा पुनः बस्ती बसाल्नेभन्दा पनि सुरक्षित भूगोल पहिचान गरी प्रभावितलाई व्यवस्थित रूपमा पुन:स्थापना गर्न सरकारको ध्यान जानुपर्ने बताए ।

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजकसमेत रहेका नेपालले जलवायु तथा मौसम परिवर्तनका कारण विपद्का घटना बढ्दै गइरहेकाले आगामी दिनमा अझ ठूलो विपद् आउन सक्ने भन्दै पूर्वतयारीमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।

उनले भने, “बाढीले क्षति पुर्‍याएका क्षेत्रलाई जोखिमयुक्त भूगोलका रूपमा पहिचान गरी सार्वजनिक प्रयोजनमा कायम राख्नुपर्छ र प्रभावितलाई सुरक्षित स्थानमा व्यवस्थित नयाँ बस्ती निर्माण गरी पुन:स्थापना गर्नुपर्छ ।”

बाढीबाट क्षतिग्रस्त क्षेत्रको अवलोकनपछि पूर्व प्रधानमन्त्री नेपाल विदुर नगरपालिकाको कार्यालयमा आयोजित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाबीचको अन्तरक्रियामा सहभागी छन् ।

सो अवसरमा उनले बाढीपछि सञ्चालन गरिएको खोज तथा उद्धार, राहत तथा प्रभावितको व्यवस्थापनबारे जानकारी लिएका थिए । उनले विपद्पछि खोज, उद्धार तथा प्रभावितको व्यवस्थापनमा स्थानीय तहसहित विभिन्न निकायबाट भएका प्रयासको प्रशंसा गर्दै आगामी दिनमा प्रभावितलाई छिटो र सहज रूपमा अस्थायी तथा स्थायी आवासको व्यवस्था गर्न सुझाव दिए ।  

0 Comments