८ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद महताको गुनासो : संघीय सांसदले त हेलिकप्टर उद्धार पाएन, दुर्गमका नागरिकको अवस्था के होला ?

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ज्ञानेन्द्र सिंह महताले आपत्कालीन अवस्थामा गम्भीर बिरामीको हवाई उद्धारका लागि राज्यको विद्यमान प्रणाली सहज र प्रभावकारी नभएको गुनासो गरेका छन् ।

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले आफ्नै परिवारले भोगेको स्वास्थ्य संकटको उदाहरण दिँदै सामान्य नागरिकले आपत्कालीन अवस्थामा उपचार तथा उद्धारका लागि कस्तो कठिनाइ भोग्नुपर्छ भन्ने प्रश्न उठाएका हुन् ।

सांसद महताका अनुसार भदौ ६ गते उनकी भाइ बुहारी सुत्केरी बेथापछि कञ्चनपुरस्थित महाकाली अस्पतालमा भर्ना भएकी थिइन् । चिकित्सकको सल्लाहअनुसार भदौ ७ गते शल्यक्रिया गरी बच्चा जन्मिए पनि त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो ।

शल्यक्रियापछि मुटुको चाल रोकिएर अवस्था जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखिएको र थप उपचारका लागि भेन्टिलेटरसहित हेलिकप्टरमार्फत सुविधा सम्पन्न अस्पताल लैजान चिकित्सकले सुझाव दिएको महताले सदनलाई जानकारी गराए ।

त्यसपछि आफूले तत्काल सम्बन्धित सरकारी निकायमा सम्पर्क गर्ने प्रयास गरे पनि फोन सम्पर्क हुन नसकेको उनले बताए । त्यसपछि सभामुखको कार्यकक्षमा पुगेर समस्या जानकारी गराएको र सभामुखले तत्काल स्वास्थ्य मन्त्रीसँग सम्पर्क गरी उद्धारको व्यवस्था गर्न निर्देशन दिएको उनको भनाइ थियो ।

सरकारी निकायसँग समन्वयका क्रममा कानुनी जटिलता देखाउँदै तत्काल हवाई उद्धार गर्न नसकिने जवाफ पाएको महताले बताए ।

‘त्यो क्षण मेरा लागि एउटा प्रश्न थियो-कानुन ठूलो कि नागरिकको जीवन ?’ भन्दै उनले आफूले कुनै विशेष सुविधा माग नगरेको स्पष्ट पारे । गम्भीर बिरामीको जीवन बचाउन सकिने सम्भावना रहेकाले समयमै उपचारको व्यवस्था खोजेको उनको भनाइ थियो ।

सरकारी प्रक्रियाबाट तत्काल उद्धार सम्भव नभएपछि निजी क्षेत्रको हेलिकप्टरमार्फत उद्धारको विकल्प खोजिएको उनले बताए । काठमाडौँस्थित मेडिसिटी अस्पतालको टोलीले महाकाली अस्पतालका चिकित्सकसँग निरन्तर समन्वय गर्दै उद्धारका लागि तयारी गरेको पनि उनले जानकारी दिए ।

सीमित स्रोतसाधनका बीच गेटा र महाकाली अस्पतालका चिकित्सकहरूले बिरामीको स्वास्थ्यमा सुधार ल्याउन निरन्तर प्रयास गरिरहेको उनले बताए ।

यही घटनालाई आधार बनाएर सांसद महताले राज्यका निकायसम्म प्रत्यक्ष पहुँच भएको संघीय सांसदले समेत गम्भीर बिरामीको तत्काल हवाई उद्धार गराउन अनेकौँ तह र प्रक्रिया पार गर्नुपर्ने अवस्था रहेको बताए ।

उनले भने, ‘म एकजना संघीय सांसद भएर राज्यका विभिन्न निकायमा प्रत्यक्ष पहुँच हुँदाहुँदै पनि एउटा गम्भीर बिरामीलाई समयमै हेलिकप्टरबाट उद्धार गराउन यति धेरै तह र प्रक्रिया पार गर्नुपर्ने अवस्था आयो भने आमनागरिकले यस्तो परिस्थितिमा के गर्ने ?’

विशेष गरी दुर्गम तथा आर्थिक रूपमा कमजोर नागरिकले आपत्कालीन स्वास्थ्य संकटमा राज्यबाट तत्काल सहयोग पाउने प्रणाली आवश्यक रहेको उनले बताए ।

महताले नागरिकको जीवन बचाउन बाधक बन्ने कानुनी तथा प्रशासनिक प्रक्रियाको पुनरावलोकन गर्न सरकारसँग माग गरे । आपत्कालीन उद्धार प्रणालीलाई सरल, छिटो र मानवीय बनाउनुपर्ने उनको जोड थियो ।

उनले चिकित्सकको प्रमाण र सम्बन्धित अस्पतालको सिफारिसका आधारमा गम्भीर बिरामीको तत्काल हवाई उद्धारसम्बन्धी निर्णय गर्न सकिने स्पष्ट व्यवस्था बनाउनुपर्ने प्रस्तावसमेत राखे ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, गृह मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, सम्बन्धित जिल्ला प्रशासन कार्यालय र निजी हेलिकप्टर कम्पनीबीच चौबीसै घण्टा समन्वय हुने प्रभावकारी संयन्त्र आवश्यक रहेको उनले बताए ।

सुदूरपश्चिमका भौगोलिक रूपमा विकट क्षेत्रमा गम्भीर बिरामीको उपचारका लागि आवश्यक हवाई उद्धार साधन र पूर्वतयारीलाई विशेष प्राथमिकता दिनुपर्ने उनको आग्रह छ ।

आफ्नो परिवारले भोगेको समस्या भविष्यमा अन्य नागरिकले भोग्न नपरोस् भन्ने उद्देश्यले आफूले सदनमा विषय उठाएको बताउँदै महताले आपत्कालीन अवस्थामा नागरिकले उपचार र उद्धारका लागि कसको ढोका ढकढकाउने भन्ने प्रश्नको जवाफ राज्यले दिनुपर्ने बताए ।

उनले मानव जीवनलाई केन्द्रमा राखेर आपत्कालीन स्वास्थ्य उद्धार प्रणाली निर्माण गर्न सरकारसँग आग्रह गर्दै प्रत्येक नेपाली नागरिकले संकटका बेला समयमै उपचार तथा उद्धार पाउने व्यवस्था सुनिश्चित गर्न माग गरेका छन् ।

0 Comments