८ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको उच्च जोखिम: सतर्क रहन राष्ट्रिय सभा अध्यक्षको आग्रह

अ+ अ-

काठमाडौँ ।  राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले असोज ९ देखि ११ गतेसम्म देशभर भारी वर्षाको सम्भावना रहेकाले उच्च शतर्कता अपनाउन आग्रह गरेका छन् । 

बिहीबारको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष दाहालले बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण देशभर भारी वर्षाको सम्भावना रहेकाले उच्च शतर्कता अपनाउन आग्रह गरेका हुन् । 

मौसम विज्ञान विभागको प्रक्षेपणलाई आधार मान्दै उहाँले बाढी, पहिरो र डुबानको जोखिमलाई मध्यनजर गर्दै सम्भावित क्षति न्यूनीकरणका लागि सबै संयन्त्रलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। अध्यक्ष दाहालले मौसम विभागको पछिल्लो सूचनालाई उद्धृत गर्दै आगामी केही दिन नेपालका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको जोखिम रहेको जानकारी दिए ।

 उत्तर अण्डमान सागरबाट विकसित उक्त मौसमी प्रणाली पश्चिम–उत्तर दिशातिर सर्दै जाँदा यसको प्रभावस्वरुप देशका शहरी तथा तराई क्षेत्रमा डुबानको समस्या र पहाडी भूभागमा भूक्षय तथा पहिरोको उच्च जोखिम देखिएको छ । 

अध्यक्ष दाहालले विशेषगरी ठूला तथा साना नदीनालामा पानीको सतह बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरे। भारी वर्षाले कृषि, स्वास्थ्य, पर्यटन, सडक र हवाई यातायात क्षेत्रमा समेत प्रत्यक्ष असर पार्न सक्ने भन्दै उनले सरोकारवाला निकायहरूलाई पूर्वतयारीमा जुट्न निर्देशन दिए ।

उनले भने, ‘विगतका अनुभवले प्राकृतिक विपद्बाट ठूलो धनजनको क्षति हुने गरेको देखाएको छ, त्यसैले नागरिकहरूले अत्यावश्यक बाहेकका यात्रा नगर्न र अद्यावधिक सूचनालाई पछ्याउनु आवश्यक छ ।’

उनले संघ, प्रदेश र स्थानीय सरकारलाई समन्वयात्मक ढंगले विपद् प्रतिकार्यमा जुट्न र नागरिक समाज तथा गैरसरकारी संस्थाहरूसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउन आह्वान गरे । 

0 Comments