काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इन्द्रजात्रा अवलोकन गरेका छन् ।
शुक्रबार अपराह्न हनुमानढोका परिसर पुगेर उनले रथ दर्जाशन, जात्रा अवलोकन एवम् रथमा फूलमाला चढाएका हुन् ।
हनुमानढोकास्थित गद्दीबैठकमा उपस्थित भएर उनले टीका ग्रहण गरेपछि गद्दीबैठकको बार्दलीबाट जात्रा अवलोकन गरे ।
हनुमानढोका परिसरबाट सुरु भएको श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा दर्शन गर्दै कार्यवाहक प्रधानमन्त्री वाग्लेले रथमा फूलपाती र भेटी अर्पण गरे । सो क्रममा मन्त्रिपरिषद्का अन्य सदस्यहरूको पनि उपस्थिति थियो ।






