१० आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अविरल वर्षाले जनजीवन प्रभावित: ग्रामीण क्षेत्रमा यातायात ठप्प

अ अ+ अ-

भोजपुर । केही दिनदेखि परेको अविरल वर्षाका कारण भोजपुर जिल्लाको समग्र जनजीवन कष्टकर बनेको छ । लगातारको झरीका कारण पहाडी सडक खण्डमा यातायात सेवा ठप्प हुँदा आवागमनमा सास्ती भएको हो ।

वर्षाका कारण ग्रामीण क्षेत्रका कच्ची सडकहरू हिलाम्य हुनुका साथै ठाउँ ठाउँमा पहिरो जाँदा आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ । ग्रामीण क्षेत्रमा यातायात तथा ढुवानी सेवा बन्द भएपछि दैनिक उपभोग्य खाद्य सामग्री ढुवानीमासमेत समस्या भएको छ । सवारीसाधन नचल्दा बिरामी तथा अशक्त नागरिकलाई उपचारका लागि अस्पतालसम्म पुर्‍याउन कठिन भइरहेको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका स्थानीय धनराज राईले बताए ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै भोजपुर सदरमुकामबाट उत्तरी क्षेत्रको षडानन्द नगरपालिका तथा दक्षिणी क्षेत्रको बैकुण्ठे हुँदै हतुवागढी र आमचोक गाउँपालिका जोड्ने सडक खण्डमा असोज ८ गतेदेखि यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

साथै मध्य पहाडी लोक मार्गमा रातको समयमा हुन सक्ने सम्भावित दुर्घटना र पहिरोको जोखिमलाई न्यूनीकरण गर्न बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सबै यातायात सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।

वर्षाले धान बालीसमेत क्षति पुर्‍याएको स्थानीय किसान बताउँछन् । भोजपुर नगरपालिका-४ दावा पशुपालन कृषक एकिन्द्रबहादुर विष्टले अविरल वर्षा र हिलोका कारण धान बालीसँगै व्यावसायिक पशुपालनमासेमत असर पुगेको बताए । निरन्तरको वर्षात्ले पशु चौपायालाई घाँस–पात र दानापानीको व्यवस्थापन गर्न झनै समस्या परेको उनको भनाइ छ ।

जिल्लाका पहाडी भू–भाग तथा संवेदनशील क्षेत्रहरूमा पहिरोको त्रास बढेकाले उच्च जोखिममा रहेका बस्तीहरूलाई विशेष सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । सम्भावित विपद्को व्यवस्थापन, अनुगमन र उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय तहका प्रतिनिधिहरू तयारी अवस्थामा रहेका छन् ।

स्थानीय प्रशासनले विपद्को यो कठिन समयमा अति आवश्यक कामबाहेक यात्रा नगर्न र खोलानाला तथा पहिरोग्रस्त क्षेत्र आसपास नजान सर्वसाधारणलाई विशेष सूचित गरेको छ ।

0 Comments