११ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

अ अ+ अ-

दमौली (तनहुँ) । तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित भएका छन् । जिल्लाका १० पालिकाका ६४ हजार आठ सय ४२ दशमलव ४८ हेक्टर वन क्षेत्रबाट उनीहरू लाभान्वित भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

वन कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार वन क्षेत्रबाट तीन लाख ७९ हजार सात सय १७ जना लाभान्वित भएका छन् । जिल्लाभर छ सय २४ सामुदायिक वन छन् ।

देवघाट गाउँपालिकाका ३९ वनबाट तीन हजार ३५६ परिवार, आँबुखैरेनी गाउँपालिकाका ३४ वनबाट तीन हजार ९९ परिवार, बन्दीपुर गाउँपालिकाका ३८ वनबाट चार हजार ५४९ परिवार, भानु नगरपालिकाका ९६ वनबाट १० हजार  ३९० परिवार, व्यास नगरपालिकाका १०९ वनबाट १४ हजार २६४ परिवार लाभान्वित भएका छन् । 

यसैगरी, म्याग्दे गाउँपालिकाका ५३ वनबाट छ हजार ६५० परिवार, शुक्लागण्डकी नगरपालिकाका ८५ वनबाट नौ हजार ७७१ परिवार, भिमाद नगरपालिकामा ५० वनबाट चार हजार ६१६ परिवार, घिरिङ गाउँपालिकाका ४९ वनबाट चार हजार १९९ परिवार र ऋषिङ गाउँपालिकाका ७१ वनबाट सात हजार ७३ परिवार लाभान्वित भएका अध्यक्ष रानाभाटले जानकारी दिए।

ती सामुदायिक वनबाट एक लाख २२ हजार ३९ दशमलव ९९ क्युफिट काठ र एक सय ६३ दशमलव ७६ क्युफिट अन्य वनजन्य वस्तु उत्पादन भएका छन् । 

सामुदायिक वनले स्थानीय समुदायको दाउरा, काठलगायत वन पैदावारको आवश्यकता पूरा गर्नाका साथै वन संरक्षण र व्यवस्थापनमा  महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । वनबाट प्राप्त स्रोतको उपयोगसँगै वन संरक्षणमा स्थानीय उपभोक्ताको सहभागिता बढाउन सामुदायिक वन व्यवस्थापन प्रणाली प्रभावकारी माध्यम बनेको अध्यक्ष रानाभाटको कथन छ । 

0 Comments