काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आइतबार सुन प्रतितोला ७ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार ६०० रुपैयाँ निर्धारण भएको छ। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ६२० रुपैयाँ रहेको चाँदी आइतबार ४ हजार ६५५ रुपैयाँ पुगेको छ।






