११ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन राजपथमा सवारी सञ्चालनको समय तोकियो, ठूला मालवाहकलाई प्रवेश निषेध

अ अ+ अ-

काठमाडौँ । पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि सडकमा परेको चाप व्यवस्थापन गर्न मकवानपुर प्रशासनले त्रिभुवन राजपथमा सवारी सञ्चालनका लागि समयतालिका निर्धारण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले २०८३ असोज ८ गतेदेखि परेको अविरल तथा भारी वर्षाका कारण प्रमुख सडकहरू अवरुद्ध भएपछि हेटौँडा-काठमाडौँ र काठमाडौँ-हेटौँडा आवागमनलाई निश्चित समय तोकेर सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।

प्रशासनका अनुसार हेटौँडाबाट काठमाडौँ आउने सवारी साधनले चौकीटोलबाट त्रिभुवन राजपथ प्रयोग गर्नुपर्नेछ । असोज ११ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म, असोज १२ गते बिहान ४ बजेदेखि १० बजेसम्म र राति ९ बजेदेखि असोज १३ गते बिहान १ बजेसम्म सवारी सञ्चालन गर्न सकिनेछ ।

त्यस्तै, असोज १३ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म हेटौँडाबाट काठमाडौँ आउने सवारी सञ्चालन हुने प्रशासनले जनाएको छ ।

काठमाडौँकोबाट हेटौँडा जाने सवारीसाधनका लागि पनि छुट्टै समय निर्धारण गरिएको छ । सिमभञ्ज्याङ चौकीबाट असोज ११ गते राति १० बजेदेखि असोज १२ गते बिहान १ बजेसम्म सवारी सञ्चालन गर्न दिइनेछ ।

असोज १२ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म र असोज १३ गते बिहान ६ बजेदेखि ११ बजेसम्म काठमाडौँ-हेटौँडा दिशातर्फका सवारी सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ ।

१५ टनभन्दा बढी भार भएका मालवाहकलाई रोक
प्रशासनले त्रिभुवन राजपथमा ठूला मालवाहक सवारी सञ्चालनमा समेत कडाइ गरेको छ ।

अर्को व्यवस्था नभएसम्म इन्धन तथा एलपी ग्यास बोकेका सवारीबाहेक १० चक्केभन्दा बढी तथा १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारीलाई त्रिभुवन राजपथमा पूर्ण रूपमा निषेध गरिएको छ ।

यस्तै, यात्रुवाहक सवारीका हकमा अधिकतम ११ मिटर लम्बाइसम्मका सवारीसाधनले मात्र उक्त राजपथ प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ ।

भारी वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा त्रिभुवन राजपथमा सवारीको चाप बढेको प्रशासनले जनाएको छ । सडकको अवस्था तथा सवारी चापलाई ध्यानमा राखी निर्धारित समयअनुसार मात्र आवागमन गर्न चालक, यातायात व्यवसायी तथा यात्रुलाई आग्रह गरिएको छ ।

0 Comments