११ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गिवाङको पहिरोमा पुरिएका दुईको शव फेला, दुई जनाको उद्धार

अ अ+ अ-

म्याग्दी । निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा आज आएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको फगाममा पहिरोमा फसेका दुई जनाको भने जिवितै उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गिवाङकी ७५ वर्षीया सिउकुमारी गर्बुजा र ५६ वर्षीया दोमाया गर्बुजाको शव पहिरोमा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले पुष्टि गरे । आजै बेनी नगरपालिका–३ भकिम्लीको छेपारेमा पहिरोमा पुरिएर अन्दाजी ३५ वर्षीया कुमारी वली विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।

नेपाली सेनाको हेलिकप्टरमा गएका सुरक्षाकर्मीको टोलीले फगामको पहिरोमा फसेका दुई जनालाई सकुशल उद्धार गरेर बेनी ल्याउन लागेको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताए। आज पहिरोमा परी म्याग्दीका तीन जनाको मृत्यु भएको छ ।

मालिका गाउँपालिका–३ औँलामा पहिरोमा पुरिएकाको उद्धार भएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए । यसैबीच सडक र पैदल मार्ग अवरुद्ध भएकाले अन्नपूर्णका पहिरो प्रभावित ठाउँमा नेपाली सेनाको हेलिकप्टरबाट राहत सामग्रीसहित सुरक्षाकर्मी टोली पठाउन लागिएको उनले बताए ।

अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविका शिक्षक बाबुराम पौडेलका अनुसार फगाममा गंगाबहादुर पाइजाको घर पहिरोले पुरिएको छ । बिहीबारदेखिको निरन्तरको झरीका कारण म्याग्दीमा सडक र विद्युत् सेवा अवरुद्ध भएको छ । सञ्चार सेवा पनि प्रभावित हुँदा विपद् व्यवस्थापनमा कठिनाइ भएको छ । 

0 Comments