११ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी प्रभावित क्षेत्रमा विद्युत् पुन:स्थापनाको काम तीव्र, मधेशमा ७८ पोल ढले

अ अ+ अ-

काठमाडौँ। अविरल वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण प्रभावित विद्युत् संरचना पुन:स्थापना गर्न नेपाल विद्युत् प्राधिकरणले विभिन्न क्षेत्रमा काम तीव्र बनाएको छ।

प्युठान, रोल्पा र रुकुम पूर्वमा अवरुद्ध विद्युत् सेवा सञ्चालनका लागि प्राविधिक टोली परिचालन गरिएको छ भने मधेश प्रदेशमा ७८ वटा विद्युत् पोल ढलेका छन्।

प्राधिकरणका अनुसार अर्घाखाँचीबाट प्युठानतर्फ आपूर्ति हुँदै आएको ३३ केभी लाइन पुनः सञ्चालनका लागि काम भइरहेको छ। उक्त लाइन साँझसम्म सञ्चालनमा आए प्युठान सदरमुकामसहित जिल्लाका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति पुनः सुरु हुने अपेक्षा गरिएको छ।

लमही-झिम्रुक १३२ केभी प्रसारण लाइनअन्तर्गत दाङको मुर्कुटीमा चुडिएको कन्डक्टर पुनः तान्ने (रिस्ट्रिङ) काम भइरहेको छ। घटनास्थलमा पानी परिरहेकाले मर्मत कार्य प्रभावित भए पनि रातिसम्म लाइन सञ्चालनमा ल्याउने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ।

१३२ केभी लाइन सञ्चालनमा आएपछि प्युठानमा विद्युत् सेवा पूर्णरूपमा पुन:स्थापित हुनुका साथै रोल्पाको सदरमुकाम लिबाङसहित जिल्लाको पूर्वी क्षेत्रमा समेत विद्युत् आपूर्ति सहज हुने प्राधिकरणको भनाइ छ।

रोल्पाको पश्चिमी क्षेत्र होलेरीमा विद्युत् संरचनामा भएको क्षति मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएको छ। प्रारम्भिक निरीक्षणमा एक स्थानमा पाँच स्प्यान कन्डक्टर पोलसहित ढलेको तथा अन्य चार स्थानमा रुखले पोल र तारमा क्षति पुर्‍याएको पाइएको छ। ती स्थानमा मर्मतको काम भइरहेको र भोलिसम्म विद्युत् सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

रोल्पाको थवाङतर्फ जाने विद्युत् लाइनमा भने तुलनात्मक रूपमा बढी क्षति भएको प्राधिकरणले जनाएको छ। सडक अवरुद्ध भएकाले प्राविधिक टोलीलाई घटनास्थल पुग्न समय लागेको र क्षतिको पूर्ण विवरण अझै प्राप्त हुन नसकेको जनाइएको छ।

त्यस्तै, रुकुम पूर्वमा सल्यान हुँदै गएको विद्युत् लाइन सल्यान वितरण केन्द्रअन्तर्गतको क्षेत्रमा अवरुद्ध भएको छ। पहिरोका कारण पोलहरू बगेको प्रारम्भिक जानकारी आएको र मर्मत गरी भोलिसम्म विद्युत् सेवा पुनः सञ्चालन गर्ने तयारी रहेको प्राधिकरणले जनाएको छ। हाल रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा स्थानीय राप्ती हाइड्रोबाट विद्युत् आपूर्ति भइरहेको छ।

मधेशमा ७८ पोल र १४ ट्रान्सफर्मरमा क्षति
भारी वर्षासँगै आएको बाढी, डुबान र हावाहुरीका कारण मधेश प्रदेशमा विद्युत् संरचनामा समेत उल्लेख्य क्षति पुगेको छ।

प्राधिकरणको मधेश प्रादेशिक कार्यालयअन्तर्गत विभिन्न स्थानमा ७८ वटा एलटी तथा एचटी विद्युत् पोल ढलेका छन्। त्यस्तै, १४ वटा वितरण ट्रान्सफर्मरमा क्षति पुगेको प्राधिकरणले जनाएको छ।

बाढी तथा डुबानका कारण तीनवटा वितरण सबस्टेसन प्रभावित भए पनि विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द नगरी पानी निकाल्ने (डिवाटरिङ) काम भइरहेको छ। सबस्टेसनबाट विद्युत् आपूर्ति भने निरन्तर राखिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले बाढी तथा पहिरोबाट क्षति पुगेका संरचनाको अवस्था पहिचान गरी प्राथमिकताका आधारमा मर्मत तथा पुन:स्थापनाको काम अघि बढाइरहेको जनाएको छ।

0 Comments