१२ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अविरल वर्षा र बाढीले मनाङ आक्रान्त: सम्पर्कविहीनको खोजी र राहतका लागि सांसद गुरुङको सरकारसँग माग

अ अ+ अ-

काठमाडौँ । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको बाढी–पहिरोले मनाङ जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

मर्स्याङ्दी नदी र स्थानीय खोलामा आएको बाढीले दर्जनौँ घर बगाउनुका साथै सडक र सञ्चार सम्पर्क विच्छेद गराएको छ । विशेषगरी नार्पा भूमि गाउँपालिकामा पर्वतारोही दलका सदस्यहरू सम्पर्कविहीन भएपछि जिल्लाको अवस्था गम्भीर बनेको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसद टेकबहादुर गुरुङले मनाङमा उत्पन्न विषम परिस्थितिबारे सदनलाई जानकारी गराउँदै सरकारको ध्यानाकर्षण गराए । बाढीले सदरमुकाम चामे र नासोँ गाउँपालिकाको ताल गाउँमा दर्जनौँ घरहरूमा क्षति पुर्‍याएको छ । चामे–खाङसार सडक खण्ड पूर्ण रूपमा बन्द हुँदा यातायात सेवा अवरुद्ध भएको छ भने विभिन्न स्थानका मोटरेबल पुलहरू बगेका छन् । 

सभामुखमार्फत सरकारसँग माग राख्दै सांसद गुरुङले नार्पा भूमिमा हिमलुङ हिमाल चढ्न गएका २७ जना नेपाली सहयोगीमध्ये २ जनाको मृत्यु भएको र १४ जना अझै सम्पर्कविहीन रहेको जानकारी दिए । बाँकी ११ जना सम्पर्कमा आए पनि उद्धारको अवस्था जटिल बनेको छ । बाटोघाटो र पुलपुलेसा भत्किँदा सयौँ आन्तरिक तथा बाह्य पर्यटक मनाङका विभिन्न स्थानमा अलपत्र परेका छन् । 

वर्षा र हिमपातले हिमाली क्षेत्रको एक मात्र बाली नष्ट पारेपछि जिल्लामा खाद्य संकटको जोखिम बढेको छ । पर्यटन सिजनमै आएको यस विपत्तिले पर्यटन व्यवसायीहरूलाई समेत ठूलो आर्थिक नोक्सानी पुर्‍याएको छ । अवरुद्ध विद्युत् र टेलिफोन सेवा तत्काल सुचारु नहुँदा राहत र उद्धारको काममा कठिनाइ भइरहेको भन्दै सांसद गुरुङले तत्काल सरकारी टोली परिचालन गर्न माग गरे । 

0 Comments