१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राकृतिक उपचार स्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

अ अ+ अ-

म्याग्दी । असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी नदीमा आएको बाढीले बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचार स्थल सिंगा तातोपानी कुण्डमा क्षति पुर्‍याएको छ । 

तीन वटा पोखरीमध्ये बिरामीहरूले उपचारका लागि डुब्ने ठूलो र उपल्लो तातोपानीको पोखरीमा बाढी पसेर हिलो थुप्रिएको छ भने पर्यटकहरूका सञ्चालित सानो पोखरी बाढीले भत्काएको छ । कपडा परिवर्तन गर्ने भवन, तातोपानी भण्डारण गर्ने ट्याङ्की राखेका भवन र खुला स्नान स्थल माथिबाट खसेको पहिरोले भत्किएको र पुरिएको सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए । 

“बाढी पहिरोले तातोपानी कुण्डका भौतिक संरचनाहरूमा क्षति पुर्‍याएकाले तत्कालका लागि स्नान गर्न सकिने अवस्था छैन, कुण्ड बन्द भएको छ,” उनले भने, “पोखरीमा थुप्रिएको बाढी पन्छाएर तातोपानी कुण्ड सञ्चालनमा ल्याउने प्रयासमा छौँ ।” 

समितिको सोमबार बसेको बैठकले मंगलबारदेखि तातोपानीवासीहरूले श्रमदान गरेर पोखरीमा थुप्रिएको लेदो र हिलो पन्छाउने निर्णय गरेको सदस्य मीना जुग्जालीले बताए । पर्यटकीय र प्राकृतिक उपचार स्थलको रूपमा रहेको सिंगा तातोपानी कुण्डको संरक्षण र मर्मतका लागि नगरपालिका, प्रदेश र संघीय सरकारबाट सहयोगको अपेक्षा गरेको उनले बताए ।  

असोज–कात्तिक सिंगा तातोपानी कुण्ड स्नान गर्ने मुख्य याम हो । मुख्य याममा कुण्ड बन्द भएपछि तातोपानी बजार सुनसान बनेको छ । होटेल, रेष्टुरेन्ट र होमस्टे व्यवसायीहरू निराश भएका छन् । वार्षिक २० हजार जनाभन्दा बढी नेपालका ७७ वटै जिल्ला र विदेशबाट समेत सर्वसाधारण प्राकृतिक उपचारका लागि आउने गरेका छन् । म्याग्दी नदीको किनारमा प्राकृतिक रूपमा वीरेनुनको गन्ध आउने ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानीलाई संकलन गरेको पोखरीमा स्नान थिए । 

सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार वीरेनुनको गन्ध आउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । असोज–कात्तिक, मङ्सिर, पुस, माघ, फागुन, चैत र वैशाख महिना तातोपानी कुण्डमा स्नान गर्ने याम हो । 

0 Comments