१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी सैन्य क्षेत्रमा आक्रमणको आशंका, पाँच जना धरौटीमा रिहा

अ अ+ अ-

काठमाडौँ । बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको रोयल एयर फोर्स (आरएएफ) फेयर फोर्ड क्षेत्रमा सम्भावित बम आक्रमणको योजनाबारे अनुसन्धान भइरहेका बेला पक्राउ परेका पाँच जनालाई प्रहरीले धरौटीमा रिहा गरेको छ ।

ग्लुसेस्टरशायरस्थित फेयर फोर्ड क्षेत्रमा आइतबार तीन वटा शंकास्पद सेतो भ्यान देखिएपछि उनीहरूलाई पक्राउ गरिएको थियो । पक्राउ परेका सबै जना लन्डनमा बस्ने २० वर्षको मध्यतिरका बेलायती नागरिक हुन् । उनीहरूलाई विस्फोटक पदार्थसम्बन्धी अपराध र आतंकवादी गतिविधिको तयारी गरेको आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आतंकवाद नियन्त्रण प्रहरीका प्रमुख लरेन्स टेलरले पाँच जनालाई धरौटीमा रिहा गरिए पनि अनुसन्धान समाप्त नभएको बताएका छन् । प्रहरीले घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको र कुनै विदेशी राज्यका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा काम गर्ने व्यक्ति वा समूहको सम्भावित संलग्नतालाई पनि अनुसन्धानको दायरामा राखेको जनाएको छ ।

घटनापछि बम निष्क्रिय पार्ने विशेषज्ञसहित सुरक्षा टोली परिचालन गरिएको थियो । तीनवटै भ्यानको विस्तृत परीक्षण गरिएको छ । बेलायती सञ्चारमाध्यमका अनुसार प्रारम्भिक परीक्षणमा भ्यानभित्र भेटिएका सामग्री प्रयोग गर्न मिल्ने विस्फोटक नभएको देखिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनामा इरानको सम्भावित सम्बन्धतर्फ संकेत गरेका छन् भने इरानले कुनै पनि संलग्नता अस्वीकार गरेको छ । घटनापछि करिब ८५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको थियो ।

0 Comments