१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्दोलन र निर्वाचनको तयारीमा जुट्ने एमालेको निर्णय

अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेले पार्टी एकता र अनुशासनलाई केन्द्रबिन्दुमा राख्दै आन्तरिक बहसलाई व्यवस्थित गर्ने निर्देशिका जारी गरेको छ ।

कोशी, बागमती, मधेस र उपत्यका विशेष प्रदेशका नेता तथा जिल्ला सचिवालय सदस्यहरूसँगको छलफलपछि पार्टीका सचिव शेरधन राईले यसबारे जानकारी गराएका हुन् ।

पार्टी विभाजनको अफवाहलाई खण्डन गर्दै एमालेले आगामी दुई प्रमुख कार्यभार र १५ वटा ठोस कार्ययोजनासहित सशक्त रूपमा अघि बढ्ने निर्णय गरेको छ । पार्टी सचिव राईकाअनुसार बैठकले ‘पार्टीभित्र छलफल गर्न पाइने तर आन्तरिक कुरा बाहिर छर्न नपाइने’ नीतिसहितको कट-अफ डेट समेत तय गरेको छ ।

बैठकले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दुईवटा मुख्य कार्यभार तय गरेको छ । प्रथम, राष्ट्रियता, स्वाधीनता, लोकतन्त्र र संविधानको रक्षाका लागि सरकारको ‘अपरिपक्व’ र ‘प्रतिशोधपूर्ण’ रवैयाविरुद्ध आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने रहेका छन् । एमालेले सुकुम्वासी बस्तीमा डोजर चलाउने, ट्रेड युनियनमाथिको नियन्त्रण र बढ्दो महँगीविरुद्ध लोकतान्त्रिक शक्तिहरूसँग मिलेर साझा मोर्चा बनाउने रणनीति अघि सारेको छ ।

उनले भने, ‘आजको कार्यक्रम नियमित बैठकभन्दा पनि कोशी, बागमती, मधेश र उपत्यका राजधानी प्रदेश कमिटीअन्तर्गत प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूको संयुक्त भर्चुअल भेला हो । यो कार्यक्रम नेकपा एमालेको हालै सम्पन्न तेस्रो पूर्ण बैठकका महत्वपूर्ण निर्णयहरू पार्टी पंक्तिमा सम्प्रेषण गर्न आयोजना गरिएको हो । तेस्रो पूर्ण बैठक पार्टीभित्र विभाजन हुने विभिन्न हल्ला र अड्कलबाजीलाई चिर्दै एकताबद्ध रूपमा सर्वसम्मतिले महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले पार्टी एकता, अनुशासन र मर्यादालाई केन्द्रमा राख्दै आन्तरिक बहस र छलफल गर्न सकिने तर पार्टीभित्रका विषय बाहिर सार्वजनिक गर्न नपाइने निर्णय गरेको छ । बैठकले आगामी दिनका लागि दुई प्रमुख कार्यभार तय गरेको छ । पहिलो, लोकतन्त्र, संविधान, राष्ट्रियता र स्वाधीनताको रक्षा गर्दै लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध गरी आन्दोलन अघि बढाउने । दोस्रो, आगामी निर्वाचनलाई केन्द्रित गर्दै पार्टीका गतिविधि अघि बढाउने । यी दुई कार्यभार पूरा गर्न बैठकले १५ वटा महत्वपूर्ण कामसमेत तय गरेको छ । सोही विषयमा पार्टी अध्यक्षले अहिले अगुवा कार्यकर्ताहरूलाई सम्बोधन गरिरहनुभएको छ ।’

दोस्रो कार्यभार आगामी वैशाखमा हुने भनिएको निर्वाचन केन्द्रित रहेको छ । बैठकले निर्वाचनमा पार्टीको वर्चश्व कायम गर्न १५ बुँदे कार्ययोजना पारित गरेको छ । अध्यक्ष ओलीले यी कार्यभारलाई तल्लो तहसम्म प्रभावकारी रूपमा सम्प्रेषण गर्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

0 Comments