काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ३४ जना संरक्षण अधिकृतको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।
विभागको असोज १३ गतेको निर्णयअनुसार ३४ जना राजपत्राङ्कित तृतीय श्रेणीका संरक्षण अधिकृतहरूको सरुवा तथा कामकाजमा खटनपटन गरिएको हो।
सरुवा तथा कामकाजमा खटाइएका कर्मचारीहरू हाल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा विभाग मातहतका विभिन्न राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष र संरक्षण क्षेत्रका कार्यालयमा कार्यरत छन् ।
चितवन, बाँके, बर्दिया, शिवपुरी–नागार्जुन, पर्सा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका कार्यालयमा कार्यरत संरक्षण अधिकृतसमेत निर्णयमा समेटिएका छन्। त्यस्तै, कोशीटप्पु वन्यजन्तु आरक्ष, ढोरपाटन शिकार आरक्ष तथा अन्नपूर्ण, मनास्लु र कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यालयमा कार्यरत अधिकृतहरू पनि सरुवा तथा कामकाजमा खटाउने निर्णयमा परेका छन्।



