१४ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

अ अ+ अ-

चितवन । नारायणगढ बजारको आडैमा रहेको नारायणी नदी किनारलाई सुन्दर बनाउने भरतपुरवासीको सपना पूरा नहुने भएको छ । भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य संघसँगैको नदी तटीय क्षेत्रलाई ‘सिबिच ढाँचा’मा विकास गर्न संघीय सरकारसँग समेत समन्वय गरेर काम गरेको भए पनि बाढीका कारण संरचना जोगाउन नसकिएको हो ।

ठूला दलहरूका सभा सम्मेलन, महोत्सव, ‘कन्सर्ट’देखि साँझबिहानमा नारायणीको चिसो हावासँगै रमाउने र हिँडाइ गर्ने यो स्थललाई सुन्दर बनाउन महानगरले चाहेको थियो । जाडो महिनामा दिउँसोमा समेत यहाँ बसेर रमाउने र तस्बिर खिच्नेहरू आउने गर्दछन् । नजिकै नारायणी नदी बगिरहेको छ भने वरिपरिको सुन्दरता मनमोहक छ ।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी नदी तटीय क्षेत्रलाई ‘सिबिच’ ढाँचामा विकास गर्न चाहेको भए पनि नदीमा हरेक वर्ष आउने बाढीका कारण सम्भव नभएको बताउनुहुन्छ । गत वर्ष अधिकांश संरचना बगाएको थियो भने बाँकी रहेका संरचना सबै बगाएको छ । उनले भने, “हामीले संघ र प्रदेशसँग समेत सहकार्य गरेर यसलाई सुन्दर पर्यटकीय गन्तव्य बनाउने योजना बनाएका थियौँ ।” तत्कालीन नगरप्रमुख रेनु दाहालसहित महानगरपालिका टोलीको आग्रहमा संघीय सरकारले फुटट्रेल, आरसिसी संरचनासहितको पैदलमार्गलगायतका काम गरेको थियो ।

पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पैदलमार्ग (फुटट्रेल) र नारायणी नदी व्यवस्थापन आयोजनाले सिबिच मोडलमा आरसिसी संरचना निर्माण गरेको थियो । भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघले पैदलमार्ग बनाएका थिए । बाढी आउनुअघि सो क्षेत्रमा मोजाइक टायल, दुबो बिछ्याइएको, हरियाली एवं वरिपरि भएका बिरुवाका कारण सुन्दर र मनमोहक बनेको थियो । साँझपख मानिसहरू नारायणी किनारमा घुम्न निस्कने गर्दा छुट्टै चहलपहल हुने गर्थ्यो । 

उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष राजु श्रेष्ठका अनुसार पर्यटन मन्त्रालयले ‘फुटट्रेल’को काम गरेको थियो । पर्यटन मन्त्रालयले दुई दशमलव चार किलोमिटर पैदलमार्ग, पार्किङ र बगैँचा निर्माणका लागि रु छ करोड ५० लाखको बोलपत्र आह्वान गरी काम गरेको थियो । यस्तै भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य संघसँग सहकार्य गरेर रु ९७ लाख खर्च गरी पैदलमार्ग बनाएको थियो ।

जोरकुसुम उद्यान क्षेत्रबाहेक अन्यत्र बनाएका ती सबै संरचना बाढीले बगाएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाले ११ खुट्किलासहितको ६५० मिटर लामो आरसिसी संरचना बनाएको थियो । हाल नदी क्षेत्रमा सो संरचनामात्र बाँकी छ । ती संरचना २०७९ सालमा रु १५ करोड ९२ लाख खर्च गरी बनाइएको हो । नदी किनारलाई सुन्दर पर्यटकीयस्थल बनाउन लागिपरेका संघका पूर्वअध्यक्ष श्रेष्ठ चाहेर पनि नदी किनारलाई सुन्दर बनाउन नसकिएको बताउछन् । नदीको बीचमा रहेका संरचना हटाएर नदीलाई सहज बग्न दिनुपर्ने उनको भनाइ छ ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी हरेक दुई वर्षमा संघले महोत्सव गर्नका लागि रु ४० लाख हाराहारी खर्च गरेर नदी किनार व्यवस्थापन गर्नुपर्ने बाध्यता आएको बताउछन् । सो क्षेत्रको भाडा भरतपुर महानगरपालिकाले लिने भए पनि काम आफूहरूले समेत गर्नुपरेको उनको भनाइ छ । हरेक वर्षको बाढीले त्यहाँ बनाएका संरचना बगाउने गरेको उनको गुनासो छ । यसलाई दिगो रूपमा संरक्षण गर्न सक्ने गरी काम गर्नुपर्ने उनको भनाइ छ ।

रास्वपाका नेतासमेत रहेका संघका पूर्वअध्यक्ष राजन गौतम सो क्षेत्रमा गरिएको लगानी बालुवामा पानी भएको भन्दै कार्यक्रम अन्यत्र गर्ने र नदीलाई आफ्नो धारमा बग्न दिनुपर्ने बताउछन् । उनले भने, “अब हामीले नारायणगढ बजारको चिन्ता लिने हो । हाटबजारझैँ गरिने मेला महोत्सवको चिन्ता लिने होइन ।”

पहिलोपटक नारायणी नदीको बहाव उर्लिएर बजार क्षेत्रमा उक्लिएको छ । यसले नारायणगढ बजारसमेत जोखिममा परेको स्थानीयको बुझाइ छ । लामो समयदेखि नारायणगढमा बसोबास गर्दै आएका प्रभातकुमार जोशी नदीको कटान यसरी नै बढ्दै गएमा नारायणगढ बजार नै जोखिममा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गर्छन् । विसं २०१९ देखि नारायणगढ बस्दै आएको जोशीका अनुसार नारायणी किनारको संरक्षणमा सरकारले तत्काल विशेष ध्यान दिनुपर्छ । नदीको उचित संरक्षण नगरेर प्रकृतिलाई जिस्क्याउँदै किनारमै बस्ती विस्तार गरिए नारायणगढ बजारको भविष्य नै खतरामा पर्ने उनको भनाइ छ ।

भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्य भोटेकोशी बाढीपछि नदीको सतह बढेर पानीको बहाव बजार क्षेत्रमा पसेको हुनसक्ने बताउछन्। नदी तटीय क्षेत्रलाई सुन्दर बनाउन फरक ढंगले नक्सांकन गरेर काम गर्नुपर्ने देखिएको उनको भनाइ छ । महानगरले नदी तटीय यस क्षेत्रलाई विश्वका सामुद्रिक किनारमाझैँ पर्यटकीय गन्तव्य बनाउन चाहेको भए पनि सम्भव नभएको उनले बताए।

नारायणी नदीमा ६० वर्षयताको ठूलो बाढी मापन गएको आइतबार भएको छ । देवघाटमा रहेको जलमापन केन्द्रमा बिहान ११:४० बजे गरिएको मापनमा ११ दशमलव ९३ मिटर पुगेको थियो ।

नारायणी बेसिन कार्यालय चितवनका प्रमुख सुमित अधिकारीका अनुसार यसअघि २०८१ साल असोज १२ गते सो ठाउँमा ११ दशमलव ६ मिटर मापन भएको थियो । उनका अनुसार सन् १९६३ बाट देवघाटमा जलमापन गर्न थालिएको हो । अहिलेसम्मको तथ्यांकमा आइतबारको बाढी ६० वर्षयताको ठूलो हो । यही बाढीका कारण नदी तटीय क्षेत्रमा भएका संरचना बगेका हुन् ।

0 Comments