१४ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रत पूजा

अ अ+ अ-

काठमाडौँ । ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रत पूजा गरिएको छ ।

सुरस्चन्द्र महाविहारमा मंगलवार र बुधवार दुई दिन उक्त पूजा गरिएको हो । नेपाली समुदायले विभिन्न क्षेत्रमा वसुन्धरादेवीको व्रत पूजा गर्ने गरेका छन् । सुरस्चन्द्र महाविहार महापाल सुधार समितिका उपाध्यक्ष ज्ञानेन्द्र शाक्यले नेपाल संवत यँलागा: तृतीयाका दिन वसुन्धरा देखीको व्रत बसी पूजा गर्ने गरेको बताए । उनकाअनुसार यस वसुन्धरा व्रतलाई कात्तिला व्रत वा धलं पनि भनिन्छ । महापालस्थित विहारमा परम्परादेखि नै यस तिथिमा व्रत बस्ने चलन रहँदै आएको उनले बताए । वसुन्धरादेवीको व्रतले परिवारको सुख, समृद्धि र आरोग्यसँगै राज्य सञ्चालकलाई जनताप्रतिको दायित्व र जिम्मेवारीवोध गराउने उनले बताए ।

उनकाअनुसार व्रतले परिवारका सदस्यको आयु, आरोग्य, ज्ञान, धन, जन, अन्न र रत्नमा वृद्धि हुने विश्वास रहेको छ । उनले वसुन्धरा व्रतको धार्मिक मान्यताले राज्य सञ्चालन गर्ने व्यक्तिहरूलाई समेत जनताप्रति समर्पित र जिम्मेवार बन्न प्रेरित गर्ने बताए । राज्य सञ्चालक जनताप्रतिको दायित्वबाट विमुख भए त्यसको असर नागरिकले भोग्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘अहिले यहाँ वसुन्धरा व्रत यहाँ चलिरहेको छ, यस व्रतलाई कात्तिला व्रत या धलं भन्ने गरिन्छ । यो हाम्रो बिहारमा कुल कुलानी देखि चल्दै आएको छ । व्रतको मूल उद्देश्य भनेको सबै परिवारजनमा आयुरारोग्य अर्थात् सदैव सबै निरोगी होस्, वृद्धि प्रज्ञा अर्थात् ज्ञानका कुराहरू सबै सदैव प्राप्ति होस्, धन जन गुण धन प्राप्ति होस्, जन प्राप्ति होस्, जुन जन गुणयुक्त होस्, अन्नबाट पनि परिपूर्ण होस्, रत्न भनेको आभूषणबाट पनि परिपूर्ण होस् । परिवारमा सुख होस्, समृद्धि होस् भन्ने भावना अन्तर्गत यो व्रत प्रत्येक वर्ष नेपाल संवतको तिथिअनुसार याँलागा: थ्व तृतीयाको दिन गर्ने गरिन्छ । जनता र राष्ट्रप्रति आफ्नो दायित्व, जिम्मेवारी र जबाफदेहिता पूरा गर्नुपर्छ । जनतालाई सुख र राज्यमा शान्ति तथा समृद्धि कसरी प्रदान गर्ने भन्ने विषयसँग पनि यो व्रत जोडिएको छ ।’

शाक्यले वसुन्धरा व्रतको कथाले पारिवारिक सम्बन्धमा अनुशासन, आपसी सम्मान र आदरको महत्वसमेत दर्शाउने बताए । व्रतको प्रसादको अपमान गरेकी सुन्दरादेवीले दुःख भोग्नुपरेको र पछि क्षमा याचना गरी वसुन्धरा देवीको पूजा तथा व्रत गरेपछि पुनः आफ्नो सुन्दर रूप प्राप्त गरेको धार्मिक मान्यता रहेको उनको भनाई छ । त्यसैगरी, राजाले समेत मायामोहमा परी आफ्नो जिम्मेवारी बिर्सिएमा त्यसको असर राज्य र जनतामाथि पर्ने धार्मिक मान्यता छ ।

0 Comments