१४ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खराब प्रदर्शनसहित जुडोमा नेपालका चार खेलाडी पराजित

अ अ+ अ-

काठमाडौँ । नेपालका चार जुडो खेलाडीले २० औँ एशियाली खेलकुदमा खराब प्रदर्शन गर्दै पहिलो चरणमै हार सामना गरेका छन् ।

जापानको नागोयामा बुधवार भएको खेलमा नेपालका विशेष र विकाश विक तथा देवकीमाया र निशा श्रेष्ठले पहिलो चरणमा बाहिरिए । आइची इन्टरनेसनल एरिनामा भएको खेलमा चारै खेलाडीले खराब प्रदर्शन गरे । चारमध्ये निसा र विकाश निर्धारित समयसम्म टिक्नै सकेनन् । पुरुष ६० केजीमुनि तौल समूहमा विकास उज्बेकिस्तानका समरिद्दिन कुचकारोभसँग इप्पोनको आधारमा पराजित भए । यी दुवैले पहिलो चरणमा बाई पाएका थिए । तर विकासले त्यसलाई सदुपयोग गर्न सकेनन् । समरिद्दिन एसियन जुनियर विश्व च्याम्पियनसिपको स्वर्ण विजेता हुन् । कुल चार मिनेटको खेलमा विकास म्याटमा एक मिनेटमै नतिजा सुम्पिन बाध्य भए ।

पहिलो सेकेण्डदेखि नै समरिद्दिन आक्रामक देखिए । अन्तत् उनले विकासमाथि ४८ सेकेन्डभित्र नै बाजी मारे । महिला ४८ केजी तौल समूहमा पनि निशाले खराब प्रदर्शन गरिन् । उनी हङकङकी योङ का लीसँग इप्पोनको आधार पराजित हुन पुगिन् । २ मिनेट ३२ सेकेन्डमा नै निसाले नतिजा सुम्पिएकी थिइन् । महिला ५२ केजीमा देवकी मायाले पनि पहिलो चरणमा भियतनामकी लाम थी एनगान हासँग युकको आधारमा पराजित हुन पुगिन् । अनुभवी खेलाडी देवकी मायाले अन्तिम समयसम्म चुनौती दिइन् । तर, खेल सकिन २० सेकेण्ड बाँकी छँदा युको सामना गर्न पुगेपछि देवकी माया पराजित भइन् ।

त्यसअघि दुवैले सिदो (पहेँलो कार्ड) सामना गरेका थिए । उनी निसाकी दिदी हुन् । अर्का पराजित खेलाडी विकास र विशेष पनि दाजुभाइ हुन् । विशेष भने पुरुष ६६ केजी तौल समूहमा हङकङका वाङ का कीसँग वाजारिका आधारमा पराजित हुन पुगे । तर, विशेषले चार मिनेटसम्म चुनौती दिए पनि पराजित भए । अब नेपालले दुई विधामा पुनम श्रेष्ठले महिला ७० केजीमुनि तौलसमूह, सुजन गुरुङले पुरुष ९० केजीमुनि तौलसमूह र मिक्स टिममा प्रतिस्पर्धा गर्नेछ ।

0 Comments