१४ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नजरमा नयाँ सरकारको ६ महिना : ‘आशंका सहितको आशा’

अ अ+ अ-

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकारको पछिल्लो ६ महिनाको कार्यसम्पादनलाई ‘केही आशंका सहितको आशा’ का रूपमा मूल्यांकन गरेका छन्।

युवा बाहुल्य नयाँ राजनीतिक पृष्ठभूमिबाट आएको सरकारलाई शासन सञ्चालनका जटिल पक्ष बुझ्न र अनुभव हासिल गर्न समय लाग्नु स्वाभाविक भए पनि अब सरकारले आर्थिक-सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राखेर परिणाम देखाउनुपर्ने उनको धारणा छ।

बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले सरकारको आगामी परीक्षा तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र समृद्धिको क्षेत्रमा हुने बताएका हुन्।

उनले दशकौँदेखि कायम रहेको न्यून गतिका विकास कार्यक्रमले रोजगारीको खोजीमा बिदेसिन बाध्य लाखौँ युवाको बढ्दो आकांक्षा सम्बोधन गर्न नसक्ने उल्लेख गरेका छन्।

भट्टराईले मुलुकको अर्थतन्त्रलाई वर्तमान अवस्थाबाट तीव्र गतिमा उच्च विकसित मुलुकको स्तरतर्फ लैजान केही दशकसम्म दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने गरी दीर्घकालीन नीति तथा योजना आवश्यक रहेको बताएका छन्।

प्रधानमन्त्री मातहत उच्चस्तरीय आयोग बनाउन सुझाव
पूर्व प्रधानमन्त्री भट्टराईले तीव्र आर्थिक विकासका लागि प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा अधिकार सम्पन्न उच्चस्तरीय संरचना बनाउन सरकारलाई सुझाव दिएका छन्।

उनले उच्चस्तरीय आर्थिक रूपान्तरण आयोग’ वा त्यस्तै प्रकृतिको विशेष संयन्त्र गठन गरी आर्थिक रूपान्तरणको स्पष्ट लक्ष्यसहित काम अघि बढाउनुपर्ने धारणा राखेका छन्।

भट्टराईले पछिल्लो चरणमा सिंगापुर, दक्षिण कोरिया र चीनले हासिल गरेको तीव्र आर्थिक विकासबाट सिक्दै नेपालले समेत आफ्नो विकास रणनीति तय गर्नुपर्ने बताएका छन्।

उनका अनुसार अहिलेको युवा नेतृत्वको सरकारले त्यस्तो साहसिक आर्थिक नीति र योजना निर्माण तथा कार्यान्वयन गर्न सक्छ कि सक्दैन भन्ने विषय आगामी दिनमा सरकारको महत्वपूर्ण परीक्षा हुनेछ।

आगामी महिना सरकारका लागि परीक्षाको समय
भट्टराईले नयाँ सरकारलाई जटिल शासन व्यवस्थाको अनुभव हासिल गर्न केही समय आवश्यक भए पनि अबको समय परिणाममुखी कामका लागि प्रयोग हुनुपर्ने संकेत गरेका छन्।

उनले सरकारको मूल्यांकनमा पूर्ण निराशा वा पूर्ण आशावादभन्दा ‘आशंका सहितको आशा’ बढी अनुभूत भइरहेको बताएका छन्।

आर्थिक–सामाजिक रूपान्तरणलाई केन्द्रमा राखेर रोजगारी सिर्जना, उच्च आर्थिक वृद्धि र समृद्धिको स्पष्ट मार्गचित्र कार्यान्वयन गर्न सके सरकारको आगामी यात्रा परिणाममुखी हुन सक्ने उनको भनाइ छ।

भट्टराईले आगामी केही महिना सरकारका लागि थप परीक्षाको समय हुन सक्ने उल्लेख गर्दै सरकारलाई शुभकामना दिएका छन्।

0 Comments