१४ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडा सचिवले नै स्थानीय पञ्जिकाधिकारीको जिम्मेवारी सम्हाल्नुपर्ने

अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय पञ्जिकाधिकारीको जिम्मेवारी वडा कार्यालयका प्रशासकीय प्रमुख अर्थात् वडा सचिवले नै सम्हाल्नुपर्ने स्पष्ट पारेको छ।

विभागले बुधबार देशभरका ६ हजार ७४३ वडा कार्यालयका स्थानीय पञ्जिकाधिकारीलाई पत्राचार गर्दै प्रचलित कानुनअनुसार उक्त जिम्मेवारी मातहतका कर्मचारीलाई प्रत्यायोजन गर्न नमिल्ने जनाएको हो।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा १७ अनुसार गाउँपालिका वा नगरपालिकाको कार्यालयको प्रशासकीय प्रमुखका रूपमा काम गर्न अधिकार प्राप्त कर्मचारीले स्थानीय पञ्जिकाधिकारीका रूपमा काम गर्नुपर्ने व्यवस्था रहेको विभागले जनाएको छ।

केही वडा कार्यालयका प्रशासकीय प्रमुखले आफूलाई प्राप्त स्थानीय पञ्जिकाधिकारीको जिम्मेवारी मातहतका कर्मचारीलाई दिएको जानकारी आएपछि विभागले यस्तो निर्देशन दिएको हो।

विभागले सबै वडा सचिवलाई स्वयम् स्थानीय पञ्जिकाधिकारीको जिम्मेवारी वहन गर्न आग्रह गर्दै स्थानीय तहलाई आवश्यक सहजीकरण गर्न समेत अनुरोध गरेको छ।

0 Comments