काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिव तथा निर्देशक पदमा स्थायी नियुक्तिका लागि दुई जना उम्मेदवार सिफारिस गरेको छ।
आयोगको असोज १४ गतेको निर्णयअनुसार संघीय संसद् सेवा, प्रशासन समूहको उपसचिव वा सोसरह पदमा डिलमान शाक्य सिफारिस भएका छन्। उनलाई स्थायी नियुक्तिका लागि संघीय संसद् सचिवालयमा सिफारिस गरिएको आयोगले जनाएको छ।
यस्तै, नेपाल लेखापरीक्षण सेवाको राजपत्राङ्कित द्वितीय श्रेणीको निर्देशक पदमा अनुज प्याकुरेल सिफारिस भएका छन्। उनलाई नियुक्तिका लागि भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला र सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरिएको छ।





