काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री वालेन्द्र शाहको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन् ।
बिहीवारको संसद बैठकमा समय माग गर्दै सांसद राईले प्रधानमन्त्री साहको उक्त अभिव्यक्तिले गम्भीर प्रश्न खडा गरेको बताए । प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भनी दिएको अभिव्यक्तिप्रति पार्टीको गम्भीर आपत्ति रहेको उनको जिकिर छ ।
सभामुखले बोल्नका लागि समय दिएपछि सांसद राईले संसद्को रोस्ट्रमबाट उक्त अभिव्यक्तिप्रति खेद प्रकट गर्दै संसदको मर्यादा कायम राख्न र रेकर्डबाट उक्त विवादास्पद भनाइ हटाउन माग गरे । संसद् श्रम संस्कृति पार्टीले यो विषयलाई मुख्य एजेण्डा बनाइरहेको छ ।



