१५ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

अ अ+ अ-

जुरिच । स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५ प्रतिशत गुमाएका छन् । अत्यधिक गर्मी र जाडोयाममा कम हिमपातका कारण बरफ पग्लने क्रम तीव्र बनेपछि यो क्षति अभिलेखमा दोस्रो ठूलो वार्षिक गिरावट भएको विज्ञहरूले बताएका छन् ।

ग्लामोस स्विस हिमनदी अनुगमन सेवा र स्विस एकेडेमी अफ साइन्सेजले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार पछिल्ला पाँच वर्षमा मात्रै स्विट्जरल्यान्डका हिमनदीमा रहेको बरफको मात्रा करिब पाँचौँ भागले घटेको छ । ग्लामोसका प्रमुख तथा हिमविज्ञानका प्राध्यापक म्याथियास हसले अल्पाइन हिमनदीहरू अहिलेको अवस्थामा लामो समयसम्म टिक्न नसक्ने बताए।

उनका अनुसार अहिले अनुभव भइरहेको तापक्रम वृद्धि पूर्ण रूपमा मानवजन्य जलवायु परिवर्तनसँग सम्बन्धित छ । मानव उत्सर्जन र जीवाश्म इन्धनको प्रयोग नभएको भए अहिलेको जस्तो तापक्रम वृद्धि हुने अवस्था नरहने उनले बताए।

जाडोयाममा पर्याप्त हिउँ नपर्नु हिमनदीका लागि विशेष चिन्ताको विषय भएको उनले बताए । हिउँले पुरानो बरफलाई पग्लनबाट जोगाउनुका साथै उच्च उचाइमा नयाँ बरफ बन्न आवश्यक आधारसमेत तयार गर्छ । सन् २०२२ मा अत्यधिक गर्मी, कम हिमपात र सहारा मरुभूमिबाट आएको रातो धुलोका कारण स्विस हिमनदीमा अहिलेसम्मकै तीव्र बरफ क्षय भएको थियो ।

यस वर्ष जुलाईदेखि सेप्टेम्बरसम्म स्विट्जरल्यान्डका हिमनदीबाट करिब २२ खर्ब लिटर पानी बराबरको बरफ गुमेको अनुमान गरिएको छ । यो करिब ९१ लाख जनसङ्ख्या भएको स्विट्जरल्यान्डको वार्षिक पानी खपतको चार गुणा हो । स्विट्जरल्यान्डले आफ्नो आधाभन्दा बढी विद्युत् जलविद्युत्बाट उत्पादन गर्ने भएकाले हिमनदीमा भइरहेको परिवर्तन पानीका स्रोत र ऊर्जा उत्पादनसँग पनि जोडिएको छ।

स्विट्जरल्यान्डका हिमनदीमा यस वर्ष हराएको बरफको मात्रा सन् २००३ को भन्दा कम भए पनि कुल बरफको तुलनामा प्रतिशत क्षति बढी भएको विज्ञहरूले बताएका छन् । सन् २००३ मा कुल बरफको ३.५ प्रतिशत घटेको थियो भने अहिले हिमनदीमा बाँकी बरफको मात्रा २३ वर्षअघिको करिब एक तिहाइ मात्र रहेको छ ।

यस वर्ष कतिपय हिमनदीको औसत मोटाइ २.५ देखि चार मिटर र केही हिमनदीको अगाडिको भागमा बरफको मोटाइ १० मिटरसम्म घटेको पाइएको छ । एलालिन, क्लेरिडेन्ट, रोन र आल्प्स क्षेत्रको सबैभन्दा ठूलो एलेट्स हिमनदी तीव्र रूपमा बरफ गुमाउने हिमनदीमा परेका छन् ।

विज्ञहरूका अनुसार हिमनदी पग्लने प्रभाव स्विट्जरल्यान्डमा मात्र सीमित छैन । स्विट्जरल्यान्डलाई युरोपको ‘पानीको टावर’ मानिन्छ र डेन्युब, पो, राइन तथा रोनजस्ता महत्त्वपूर्ण नदीका जलस्रोतमा यसको योगदान छ । विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय, ग्रिनल्यान्ड र अन्टार्कटिकासहितका क्षेत्रमा समेत बरफ र हिमनदीमा ठूलो परिवर्तन देखिएको छ ।

0 Comments