वीरगञ्ज(पर्सा) । आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा पर्सास्थित सखुवा प्रसौनी गाउँपालिका जिल्लामै प्रथम भएको छ । जिल्लास्तरीय वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रमबाट सार्वजनिक नतिजाअनुसार ठोरी गाउँपालिका दोस्रो र जगरनाथपुर गाउँपालिका तेस्रो भएको छ ।
स्वास्थ्य कार्यक्रमको मूल्यांकनमा स्वास्थ्य सेवाको योजना तथा कार्यान्वयन, सेवा प्रवाह, सेवाको पहुँच तथा गुणस्तर, लक्षित समुदायसम्म सेवाको पहुँच र स्वास्थ्य संस्थाको कार्यसम्पादनलगायत विभिन्न सूचकका आधारमा आफ्नो गाउँपालिका सखुवा प्रसौनी गाउँपालिका प्रथम भएको अध्यक्ष जसवन्त यादवले जानकारी दिए । उनले उत्कृष्ट नतिजा हासिल गर्न स्वास्थ्य कार्यक्रम सञ्चालनमा योगदान पुर्याउने सम्पूर्ण स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीप्रति आभार पनि व्यक्त गरे ।
त्यसैगरी, बारा जिल्लामा आर्थिक वर्ष २०८२/८३ को स्वास्थ्य कार्यक्रम मूल्यांकनमा परवानीपुर गाउँपालिका प्रथम, महागढीमाई नगरपालिका दोस्रो र करैयामाई गाउँपालिका तेस्रो भएको छ ।



