१६ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संस्थालाई कमाइ खाने भाँडो नबनाऔँ’-सांसद राना

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद सन्दीप रानाले नेपाल वायुसेवा निगमको पछिल्लो निराशाजनक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारी संस्थानहरू ‘नियुक्ति खाने’ थलोका रूपमा परिणत भएको आरोप लगाएका छन् । 

शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले निगमको रुग्ण अवस्था र सञ्चालन मोडालिटीबारे सरकारको स्पष्ट दृष्टिकोण नरहेको भन्दै आलोचना गरेका हुन् । सांसद रानाले निगमको व्यावसायिक कार्यक्षमतामाथि प्रश्न उठाउँदै नाफा कमाउन नसक्ने संस्थालाई राष्ट्रिय गौरवका रूपमा मात्रै जोगाइराख्नु चुनौतीपूर्ण रहेको बताए ।

उनले नेपालका सरकारी संस्थानहरूमा व्याप्त ‘नियुक्ति र भागबण्डा’ को संस्कारप्रति कटाक्ष गर्दै कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वको मानसिकतामा नै खोट रहेको जिकिर गरे । रानाकाअनुसार धेरैजसो सरकारी संस्थानहरूमा काम गर्ने उद्देश्यले भन्दा पनि पद र सुविधा प्राप्त गर्ने (नियुक्ति खाने) प्रवृत्ति हाबी छ । जसका कारण सक्षम व्यक्तिहरूले काम गर्ने वातावरण पाउन सकेका छैनन् । 

उनले भने, ‘नेपाल वायुसेवा निगमको अवस्था अत्यन्त निराशाजनक छ । अब यसलाई राष्ट्रिय ध्वजावाहकका रूपमा राख्ने कि व्यावसायिक तथा पीपीपी मोडलमा लैजाने भन्ने विषयमा स्पष्ट नीति आवश्यक छ । निगमलाई व्यावसायिक रूपमा सञ्चालन गर्ने हो भने नाफामुखी र प्रतिष्पर्धी संस्था बनाउने प्रतिबद्धता हुनुपर्छ । सरकारी संस्थालाई राजनीतिक नियुक्ति र व्यक्तिगत स्वार्थको माध्यम बनाउने प्रवृत्तिले समस्या बढाएको छ । त्यसैले सक्षम र दक्ष व्यक्तिलाई सरकारी सेवाका परम्परागत मापदण्डभन्दा आवश्यकताअनुसार फरक व्यवस्था गरेर पनि नेतृत्व गर्ने वातावरण बनाउनुपर्छ । पीपीपी मोडलमा जाने भए सीमित निजी समूहको स्वार्थमा संस्था नजाओस् भन्नेतर्फ पनि स्पष्ट र पारदर्शी व्यवस्था आवश्यक छ ।’

सांसद रानाले पीपीपी मोडालिटीमा लैजाने सरकारी योजनाबारे पनि सचेत गराए । उनले नेपालमा सीमित उद्योगीहरूको हालिमुहाली रहेको तर्फ संकेत गर्दै पीपीपी मोडालिटी कार्यान्वयन गर्दा पारदर्शिता र प्रतिस्पर्धालाई सुनिश्चित गर्नुपर्नेमा जोड दिए । साथै उनले नियुक्तिको परम्परागत सरकारी मापदण्ड भन्दा बाहिर गएर दक्ष र व्यावसायिक व्यक्तिलाई अवसर दिने वातावरण सिर्जना नगरेसम्म यस्ता संस्थानहरूको कायापलट हुन नसक्ने दाबी गरे । 

0 Comments