१६ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा बैठक: मन्त्रालयका मौखिक प्रश्न र संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेश

अ अ+ अ-

काठमाडौँ । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित सांसदहरूको मौखिक तथा लिखित प्रश्नहरूको जवाफ दिइनुका साथै संवैधानिक निकायका वार्षिक प्रतिवेदनहरू पेश गरिएका छन् । 

बैठकमा मन्त्रीहरूले तोकिएका मन्त्रालयको तर्फबाट सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ सदन समक्ष टेबुल गरेका हुन् । 

राष्ट्रिय सभा नियमावली, २०७५ को परिच्छेद ८ बमोजिमको प्रश्नोत्तर कार्यक्रम अन्तर्गत सांसद जगत तिमिल्सिनाले अर्थ मन्त्रालयसँग सम्बन्धित सोधेको मौखिक प्रश्नको जवाफ अर्थमन्त्रीको तर्फबाट गृहमन्त्री सुधन गुरुङले सभा समक्ष टेबुल गरे ।  

गृह मन्त्रालयसँग सम्बन्धित सांसदहरू पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा र श्रीकृष्णप्रसाद अधिकारीले उठाएका प्रश्नहरूको जवाफ पनि गृहमन्त्री गुरुङले नै सदनमा पेश गरे । पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित सांसदहरू मदनकुमारी साह र पदमबहादुर परियारको मौखिक प्रश्न तथा सोमनाथ पोर्तेलको लिखित प्रश्नको उत्तर पनि गृहमन्त्री लम्सालको तर्फबाट प्रस्तुत गरिएको थियो । 

बैठकमा टेबुल गरिएका यी प्रश्नहरूको उत्तर अध्ययनका लागि पिजन हलमा राखिएको जानकारी अध्यक्षबाट गराइएको छ । 

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन, २०८३, निर्वाचन आयोग र मुस्लिम आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गरे । 

विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकाले समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गरे ।

0 Comments