१७ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् प्रतिकार्यमा नेपाली सेनाको ‘उच्च पेसागत दक्षता’, जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न प्रधान सेनापतिको निर्देशन

यस वर्षका विपदमा खोज तथा उद्धारका क्रममा सकलदर्जाले देखाएको पेसागत दक्षताको प्रशंसा गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले आगामी दिनमा पनि प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिएका छन्।

अ अ+ अ-

काठमाडौँ । प्रधानसेनापति महारथी अशोकराज सिग्देलले विपद्का घटनामा खोज तथा उद्धारका क्रममा नेपाली सेनाका सकलदर्जाले देखाएको उच्च पेसागत दक्षता र व्यावसायिकताको प्रशंसा गरेका छन्।

जङ्गी अड्डामा असोज १५ गतेदेखि सञ्चालन भएको पृतनापति समन्वयात्मक बैठक-२०८३ को समापनका क्रममा शुक्रबार प्रधानसेनापति सिग्देलले यस वर्ष भएका विपद्का घटनामा खोज तथा उद्धारका क्रममा सम्पादन गरिएका कार्यको प्रशंसा गरेका हुन्।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उनले सकलदर्जाले देखाएको उच्च पेसागत दक्षता तथा व्यावसायिकता एवं सम्पादन गरिएका उदाहरणीय कार्यका लागि धन्यवादसमेत दिएका छन्।

प्रधान सेनापति सिग्देलले प्राप्त जिम्मेवारी आगामी दिनमा समेत कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिएको निर्देशनालयले जनाएको छ।

बैठकमा सम्पादन भएका कार्यहरूको समीक्षा, वर्तमान परिस्थितिको विश्लेषण, विपद् प्रतिकार्यलगायत समसामयिक विषयमा छलफल गरिएको थियो।

पृतनापति समन्वयात्मक बैठकको समापन कार्यक्रममा बलाधिकृत, रथीवृन्दलगायत अधिकृतहरूको उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ।

0 Comments