१७ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाणिज्य विभागको महानिर्देशकमा रितेश शाक्य, अस्थिर नेतृत्वबीच अब कसरी अघि बढ्ला बजार नियमन ?

पाँच वर्षमै आठ महानिर्देशक फेरिएको वाणिज्य विभागको नेतृत्व अब रितेश शाक्यले सम्हालेका छन्। चाडपर्वको मुखमा बजार नियमनको दबाब बढिरहेका बेला नयाँ नेतृत्वसामु विभागलाई स्थिर, सक्रिय र परिणाममुखी बनाउने चुनौती छ।

अ अ+ अ-

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव रितेश कुमार शाक्यले पाएका छन्। केही समय नेतृत्वविहीन रहेको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षणको प्रमुख सरकारी निकायको नेतृत्व अब शाक्यले सम्हालेका हुन्।

विभागले आन्तरिक तथा अन्तरप्रदेश व्यापार व्यवसायको नियमन र व्यवस्थापन, बजारमा व्यावसायिक क्रियाकलापको नियमन तथा गुणस्तरीय वस्तु र सेवा पाउने उपभोक्ताको अधिकार संरक्षणलाई आफ्नो प्रमुख जिम्मेवारीका रूपमा उल्लेख गरेको छ।

शाक्य यसअघि आन्तरिक राजस्व विभागको महानिर्देशकसमेत रहिसकेका छन्। पछिल्लो समय उनी राष्ट्रपति कार्यालयमा प्रवक्ताको जिम्मेवारीमा समेत थिए।

पाँच वर्षमै आठ महानिर्देशक
शाक्यले विभागको नेतृत्व सम्हाल्नु सामान्य प्रशासनिक जिम्मेवारी हस्तान्तरणमा मात्रै सीमित छैन। पछिल्ला वर्ष विभागमा देखिएको नेतृत्वको अस्थिरताबीच उनी महानिर्देशक बनेका हुन्।

विभागको अभिलेखमा आधारित सार्वजनिक विवरणअनुसार पछिल्लो पाँच वर्षमा विभागमा आठ जना महानिर्देशक फेरिएका छन्। तीमध्ये सहसचिव ध्रुव घिमिरेको कार्यकाल १९ दिनमै सीमित भएको थियो। कुमारप्रसाद दाहालले पाँच महिना, महेश भट्टराई र गजेन्द्रकुमार ठाकुरले ६–६ महिना, तीर्थराज चिलुवालले आठ महिना, राजन पौडेलले नौ महिना र रोशन ज्ञवालीले १० महिना विभागको नेतृत्व गरेका थिए।

पछिल्ला महानिर्देशक मोतिराम सापकोटा पनि लामो समय टिकेनन्। उनले २०८३ असार ३ गते विभागको नेतृत्व सम्हालेका थिए। भदौ २५ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई गृह मन्त्रालय सरुवा गर्ने निर्णय गरेपछि विभाग पुनः नेतृत्वविहीन बनेको थियो।

सापकोटाको सरुवापछि नयाँ महानिर्देशक तत्काल नतोकिँदा विभाग केही समय नेतृत्वविहीन रह्यो। मन्त्रालयले निर्देशकहरूमार्फत नियमित बजार अनुगमन नरोकिएको बताए पनि महानिर्देशकले अर्धन्यायिक निकायको हैसियतमा गर्नुपर्ने कतिपय महत्त्वपूर्ण निर्णय प्रभावित भएको मन्त्रालयका प्रवक्ताले नै बताएका थिए।

बजार अनुगमनभन्दा फराकिलो छ जिम्मेवारी
वाणिज्य विभागको भूमिका बजारमा अनुगमन टोली पठाउनेमा मात्रै सीमित छैन। व्यापार व्यवसायको नियमन तथा सहजीकरण, आपूर्ति व्यवस्थापन, बजार अनुगमन, मूल्यसम्बन्धी अध्ययन र उपभोक्ता अधिकार संरक्षणसम्मका विषय विभागको कार्यक्षेत्रमा पर्छन्। 

तर कतिपय काम विगतका अभ्यास तथा सेटिङ र नेतृत्वको इच्छाशक्तिमा पनि भर पर्ने भएकोले शाक्यले कसरी अघि बढाउछन् भन्नेबारे जान्न भने केही दिन पर्खनैपर्ने हुन्छ ।

0 Comments