१६ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्तरिक वायुसेवाको दायित्व विधेयकमा १३ संशोधन समेटिए, भाडा नबढ्ने मन्त्रीको दाबी

अ अ+ अ-

काठमाडौँ । आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयकमा परेका १५ संशोधन प्रस्तावमध्ये १३ वटा समावेश गरिएको पर्यटन मन्त्री खड्गराज पौडेलले बताएका छन्। 

उनले विधेयकले हवाई भाडा वृद्धि नगर्ने र यात्रु, चालक दलका सदस्य तथा तेस्रो पक्षको सुरक्षालाई प्राथमिकतामा राख्ने दाबी गरेका छन्।

शुक्रबार राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ माथिको छलफलमा मन्त्री पौडेलले सांसद र विधान व्यवस्थापन समितिबाट प्राप्त सुझाव समेटेर विधेयकलाई थप स्पष्ट र व्यावहारिक बनाइएको जानकारी दिएका हुन्।

उनका अनुसार विधेयकका प्रावधानमा दोहोरो अर्थ नलागोस् र सर्वसाधारणले सहजै बुझ्न सकून् भन्ने उद्देश्यले भाषिक सरलीकरणमा ध्यान दिइएको छ। सुरक्षित र भरपर्दो हवाई सेवा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको भन्दै उनले विधेयक कार्यान्वयनको तयारी तत्काल सुरु गरिने बताएका छन्।

छलफलमा सांसदहरूले उठाएको प्रचारप्रसारको विषय सम्बोधन गर्न राष्ट्रव्यापी सचेतना योजना अघि बढाउने प्रतिबद्धता पनि मन्त्री पौडेलले व्यक्त गरेका छन्। यात्रुलाई आफ्ना अधिकार र वायुसेवा कम्पनीको दायित्वबारे विभिन्न माध्यमबाट जानकारी दिने मन्त्रालयको तयारी रहेको उनले बताएका छन्।

शुक्रबारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक र दफावार छलफल सम्पन्न भएको छ।

0 Comments