१९ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसमा अब १५ सहमहामन्त्री, नौ समावेशी क्लस्टरबाट, चार सभापतिले मनोनीत गर्ने !

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको केन्द्रीय नेतृत्व संरचनामा परिवर्तन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने भएको छ।

विधान संशोधनमार्फत नौ जना समावेशी क्लस्टरबाट, दुई जना खुला प्रतिस्पर्धाबाट र चार जना सभापतिबाट मनोनीत हुने व्यवस्था गरिएको हो।

नयाँ व्यवस्थाअनुसार महिला, आदिवासी जनजाति, दलित, मधेशी, खस आर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा अल्पसंख्यक-अपांगता भएका समुदायबाट एक-एक जना गरी नौ सहमहामन्त्री चयन हुनेछन्।

खुलाबाट दुई सहमहामन्त्री
काँग्रेसले सहमहामन्त्रीमा समावेशी क्लस्टरसँगै खुला प्रतिस्पर्धाबाट समेत नेतृत्व चयन गर्ने व्यवस्था गरेको छ।

खुलातर्फ दुई सहमहामन्त्री निर्वाचित हुनेछन्। यसअघिको व्यवस्थामा सहमहामन्त्री पदमा खुलातर्फबाट चयन हुने व्यवस्था थिएन।

समावेशी प्रतिनिधित्वमा समेत एउटा क्लस्टर थपिएको छ। अघिल्लो महाधिवेशनमा नरहेको अल्पसंख्यक- अपांगता भएका समुदायको क्लस्टरलाई नयाँ व्यवस्थामा समेटिएको छ।

यससँगै समावेशी समूहबाट चयन हुने सहमहामन्त्रीको संख्या नौ पुग्नेछ।

सभापतिले चार जना मनोनीत गर्ने
विधान संशोधनले पार्टी सभापतिलाई चार सहमहामन्त्री मनोनीत गर्ने अधिकारसमेत दिएको छ। सभापतिले मनोनीत गर्ने चारमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था गरिएको छ।

यसरी नौ समावेशी क्लस्टरबाट निर्वाचित, दुई खुलाबाट निर्वाचित र चार सभापतिबाट मनोनीत गरी काँग्रेसमा कुल १५ सहमहामन्त्री रहनेछन्।

नयाँ व्यवस्थासँगै काँग्रेसको सहमहामन्त्री तहमा निर्वाचित तथा मनोनीत दुवै प्रणालीबाट नेतृत्व चयन हुने भएको छ।

0 Comments