१९ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसैँको अग्रिम टिकट कहिलेदेखि ?, यातायात विभागले मंगलबार बोलायो सरोकारवालाको बैठक

अ अ+ अ-

काठमाडौँ । दसैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा निर्णय गर्न यातायात व्यवस्था विभागले मंगलबार यातायात व्यवसायी, मजदुर संगठन, ट्राफिक प्रहरीसहितका सरोकारवालाको बैठक बोलाएको छ।

चाडबाड नजिकिए पनि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ औपचारिक रूपमा नखुल्दा काठमाडौँ उपत्यकाबाट घर फर्कने तयारीमा रहेका यात्रु अन्योलमा छन्। यही विषयमा छलफल गरी आवश्यक निर्णय लिन विभागले मंगलबार बिहान बैठक बोलाएको हो।

केही यातायात कम्पनीले भने अनलाइनमार्फत टिकट बुकिङ सुरु गरिसकेका छन्। सबै सार्वजनिक यातायातका लागि अग्रिम बुकिङ खुल्ने मिति तय नभएकाले यात्रुमा अन्योल कायमै छ।

प्रहरीदेखि व्यवसायी र मजदुर संगठनसम्म छलफलमा
विभागले बैठकमा प्रहरी प्रधान कार्यालयअन्तर्गत राजमार्ग तथा सुरक्षा महाशाखा, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई बोलाएको छ।

त्यस्तै, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ, नेपाल ट्रक यातायात व्यवसायी संघ र ल्होत्से बहुउद्देश्यीय सहकारी संघलाई पनि बैठकमा आमन्त्रण गरिएको छ।

बैठकमा अग्रिम टिकट बुकिङ खोल्ने मितिसँगै चाडबाडका बेला यात्रुको चाप व्यवस्थापन, सार्वजनिक यातायातको उपलब्धता तथा सुरक्षित र व्यवस्थित यात्राका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

१० लाखभन्दा बढीले उपत्यका छाड्ने आकलन
यस वर्ष दसैं अवधिभर काठमाडौँ उपत्यकाबाट १० लाखभन्दा बढी यात्रु बाहिरिने आकलन गरिएको छ।

दसैँमा एकैपटक यात्रुको चाप बढ्दा टिकट अभाव हुने, बसपार्कमा लामो लाइन बस्नुपर्ने तथा घर फर्कने यात्रुले सास्ती व्यहोर्नुपर्ने समस्या विगतदेखि दोहोरिँदै आएको छ।

यसपटक पनि चाडबाड नजिकिँदै गर्दा अग्रिम टिकट बुकिङको औपचारिक निर्णय हुन बाँकी रहेकाले मंगलबारको बैठकबाट टिकट खुलाउने समयसहित आवश्यक व्यवस्थापनबारे निर्णय हुने अपेक्षा गरिएको छ।

0 Comments