२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकीका ११ सामुदायिक विद्यालय ‘स्टिम ल्याब’ कार्यक्रमका लागि छनोट

अ अ+ अ-

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटा सामुदायिक विद्यालयमा विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणित शिक्षालाई प्रयोगात्मक तथा प्रविधिमैत्री बनाउने उद्देश्यले ‘स्टिम प्रयोगशाला’ स्थापना तथा सञ्चालनका लागि अनुदान दिने भएको छ ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विकास महाशाखाले चालु आर्थिक वर्षका लागि स्वीकृत वार्षिक विकास कार्यक्रम माध्यमिक तहमा ‘स्टिम ल्याब’ स्थापना र सञ्चालन कार्यक्रमअनुसार प्रदेशका ११ विद्यालय छनोट गरेको हो ।

प्रस्ताव पेस गरेका विद्यालयमध्येबाट सोमबार अनुदानका लागि छनोट गरिएको हो । ती विद्यालयले रु चार लाखका दरले अनुदान प्राप्त गर्ने महाशाखा प्रमुख घनश्याम पौडेलले जानकारी दिए । उनका अनुसार ११ विद्यालयका लागि कुल रु. ४४ लाख अनुदान उपलब्ध हुनेछ ।

“स्टिम ल्याब स्थापना भएपछि विद्यालय तहमा विज्ञान तथा प्रविधिसम्बन्धी विषयको अध्ययनलाई केबल सैद्धान्तिक ज्ञानमा सीमित नराखी प्रयोग, परीक्षण र अभ्याससँग जोड्न सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, उनले भने । 

 विद्यार्थीलाई विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणितका विषयमा प्रयोगात्मक रूपमा सिक्ने वातावरण तयार गर्ने उद्देश्यले सरकारले यस्तो कार्यक्रम अघि बढाएको महाशाखा प्रमुख पौडेलले जानकारी दिए ।

मन्त्रालयले अनुदानका लागि छनोट गरेका विद्यालयमा कास्कीको मादी गाउँपालिका–७ घाचोकस्थित धनुबास कालिका माध्यमिक विद्यालय, गोरखाको धार्चे गाउँपालिका–५ गुम्दास्थित सूर्योदय माध्यमिक विद्यालय र गोरखा नगरपालिका–१० छेबेटारस्थित तारा माध्यमिक विद्यालय छन् ।

यसैगरी, तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालय कार्यक्रममा समेटिएको छ । नवलपुरबाट हुप्सेकोट गाउँपालिका–३ गिरुवारीस्थित सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालय, मध्यविन्दु नगरपालिका–२ कोल्हुवास्थित कुमारवर्ती माध्यमिक विद्यालय, गैँडाकोट नगरपालिका–३ ढोडेनीस्थित कृष्ण गण्डकी माध्यमिक विद्यालय र हुप्सेकोट गाउँपालिका–९ जुगेपानीस्थित सूर्य ज्योति माध्यमिक विद्यालय छनोट भएका छन् ।

बागलुङको बरेङ गाउँपालिका–२ बराहकोटस्थित पुरुषोदय माध्यमिक विद्यालय, म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालय र स्याङ्जाको फेदीखोला गाउँपालिका–१ मट्टीखानस्थित चण्डीडाँडा माध्यमिक विद्यालयमा प्रयोगशाला स्थापना हुनेछ ।

कार्यक्रमका लागि छनोट भएका विद्यालयले प्राप्त गर्ने अनुदान रकमबाट कार्यक्रमको प्रकृति र आवश्यकताअनुसार प्रयोगशाला स्थापना तथा सञ्चालनका लागि आवश्यक सामग्री, उपकरण तथा अन्य पूर्वाधार व्यवस्थापन गर्न सक्ने मन्त्रालयले जनाएको छ । यसबाट विद्यार्थीले आफूले कक्षाकोठामा पढेका विषयलाई प्रयोग तथा अभ्यासमार्फत बुझ्ने अवसर प्राप्त गर्ने भएकाले शिक्षण सिकाइ प्रभावकारी बन्ने विश्वास गरिएको छ । 

0 Comments