२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सानीभेरीमा बाढी अपडेट : एक घर बगायो, दुई घर ढले, १६ पशुचौपाया मरे

प्रारम्भिक अनुमानभन्दा क्षतिको तस्वीर स्पष्ट हुँदै जाँदा सानीभेरीको अर्मामा बाढीले घरदेखि पशुचौपाया, खानेपानी संरचना र धानबालीसम्म प्रभावित गरेको देखिएको छ। मानवीय क्षति नभए पनि स्थानीयको जीविकोपार्जनमा परेको असर उल्लेख्य छ।

अ अ+ अ-

रुकुम पश्चिम । सानीभेरी गाउँपालिका-१० अर्मामा अविरल वर्षा, असिना र हावाहुरीपछि आएको बाढीले एक घर बगाएको छ भने दुई घर ढलेका छन्। बाढी र असिनाबाट पशुचौपाया, धानबाली तथा खानेपानीका संरचनामा समेत क्षति पुगेको छ।

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी निशान राज गौतमले प्रशासनलाई दिएको पछिल्लो जानकारीअनुसार बाढीले एक घर बगाएको र दुई घर ढलेको प्रारम्भिक जानकारी आएको बताएका छन्।

पशुचौपायातर्फ सात बाख्रा, तीन खसी, दुई गोरु र चार भैँसी गरी १६ वटा पशुचौपाया मरेका छन्। खानेपानीका दुईवटा ट्यांकीमा समेत क्षति पुगेको गौतमले जानकारी दिए।

असिनाले स्थानीयको धानबालीमा ठूलो क्षति पुर्‍याएको छ। क्षतिको पूर्ण विवरण भने अझै संकलन भइरहेको छ।

एक्कासि उर्लिएको थियो खहरे
यसअघि स्थानीयबाट प्राप्त प्रारम्भिक विवरणअनुसार करिब तीन घण्टासम्म परेको अविरल वर्षा, असिना र हावाहुरीपछि खहरे खोला एक्कासि उर्लिएको थियो। बाढी बस्तीमा पस्न थालेपछि स्थानीय ज्यान जोगाउन जंगलतर्फ भागेका थिए।

भूकम्पपछि जीर्ण अवस्थामा रहेका घर तथा संरचनासमेत वर्षा र बाढीबाट थप प्रभावित भएका छन्। घटनामा अहिलेसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन।

0 Comments