२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सबै विश्वविद्यालयले एउटै विषय पढाए संख्या बढाउनुको अर्थ छैन’ : मन्त्री पोखरेल

विश्वविद्यालयको संख्या बढाउनेभन्दा स्थापना उद्देश्यअनुसार विशेषज्ञता र शैक्षिक गुणस्तर विकास गर्नुपर्नेमा मन्त्री पोखरेलले जोड दिएका छन्। अनियन्त्रित सम्बन्धन विस्तारले व्यवस्थापन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा समस्या ल्याएको पनि उनको भनाइ छ।

अ अ+ अ-

बारा । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूले एउटै प्रकृतिका विषय पढाउने प्रतिस्पर्धाभन्दा आ-आफ्नो विशिष्ट पहिचान र विशेषज्ञता विकास गर्नुपर्ने बताएका छन्।

मन्त्रालयले मंगलबार सिमरामा आयोजना गरेको उच्चस्तरीय संवाद कार्यक्रममा उनले विश्वविद्यालयको संख्या विस्तारसँगै स्थापना उद्देश्य र शैक्षिक कार्यक्रमबीच तालमेल हुनुपर्ने बताएका छन्।

“हामीसँग अहिले सङ्घीय सरकारअन्तर्गत १५ वटा विश्वविद्यालय छन्। १५ वटै विश्वविद्यालयको आफ्नो–आफ्नो भिजन र कुनै न कुनै विशेष पहिचान हुनुपर्‍यो। नत्र सबै विश्वविद्यालयमा एउटै विषय, जस्तै इन्जिनियरिङ, मात्रै पढाउने हो भने १५ वटा विश्वविद्यालय खोल्नुको अर्थ के रह्यो?” उनले भनेका छन्।

पोखरेलले विश्वविद्यालय स्थापना गर्दा तय गरिएको उद्देश्यलाई शैक्षिक कार्यक्रम सञ्चालनको आधार बनाउनुपर्ने बताएका छन्। उनले लुम्बिनी बौद्ध विश्वविद्यालयमा बौद्ध धर्मसँग जोडिएका देशसहित विश्वभरबाट विद्यार्थी आकर्षित गर्न सकिने सम्भावना रहेको उल्लेख गरेका छन्।

तर, उक्त विश्वविद्यालयले मूल उद्देश्यसँग प्रत्यक्ष सम्बन्ध नराख्ने विषयसमेत सञ्चालन गरिरहेको उनको भनाइ छ।

“एभिएसन र ड्रोनसम्बन्धी विषयहरू पनि पढाइरहेको रहेछ। जुन उद्देश्यका साथ विश्वविद्यालय स्थापना भएको हो, त्यही उद्देश्यअनुसार अघि बढ्नुपर्छ,” उनले भनेका छन्।

मन्त्री पोखरेलले विश्वविद्यालयहरूले जथाभाबी सम्बन्धन विस्तार गर्ने प्रवृत्तिमा पनि पुनर्विचार गर्नुपर्ने बताएका छन्। सम्बन्धनको अनियन्त्रित विस्तारले व्यवस्थापनसँगै परीक्षा सञ्चालन र समयमै नतिजा प्रकाशनमा समस्या सिर्जना गरेको उनको भनाइ छ।

उनले शैक्षिक स्वायत्तताको उपयोग स्थानीय आवश्यकता, राष्ट्रिय प्राथमिकता र श्रम बजारको मागअनुसार विशिष्ट कार्यक्रम विकास गर्नमा केन्द्रित हुनुपर्ने बताएका छन्। विश्वविद्यालयको विस्तारसँगै गुणस्तर र विशेषज्ञता विकासलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ।

0 Comments