२१ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्प्युटरलगायत विद्युतीय सामग्री लिलाम गर्दै राष्ट्रिय सतर्कता केन्द्र

न्यूनतम मूल्य ६ लाख ४८ हजार रुपैयाँ, इच्छुक व्यक्ति तथा फर्मले १५ दिनभित्र सिलबन्दी दरभाउ पत्र पेस गर्नुपर्ने

अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्र अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले प्रयोगमा रहेका तथा पुराना कम्प्युटरलगायत विभिन्न विद्युतीय सामग्री लिलाम बिक्री गर्ने भएको छ।

विभागले बुधबार चौथो पटक सूचना प्रकाशित गर्दै लिलाममा राखिएका सामग्री ‘जे–जस्तो अवस्थामा छन्, सोही अवस्थामा’ बिक्री गरिने जनाएको छ। इच्छुक व्यक्ति, फर्म तथा कम्पनीले तोकिएको प्रक्रियाअनुसार सिलबन्दी दरभाउ पत्र पेस गर्न सक्नेछन्।

सूचनाअनुसार लिलाम गरिने सामग्रीको न्यूनतम मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक ६ लाख ४८ हजार रुपैयाँ कायम गरिएको छ। बोलपत्रदाताले कबोल गरेको रकमको २० प्रतिशत धरौटीबापत राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबारस्थित विभागको धरौटी खातामा जम्मा गरेको सक्कल भौचर पेस गर्नुपर्नेछ।

इच्छुक व्यक्ति वा संस्थाले २०८३ कात्तिक १६ गतेसम्म कार्यालय समयभित्र एक हजार रुपैयाँ दस्तुर बुझाएर सिलबन्दी दरभाउ पत्र फाराम खरिद गर्न सक्ने विभागले जनाएको छ। खरिद गरिएको फाराम २०८३ कात्तिक १७ गते दिउँसो १२ बजेसम्म दर्ता गरिसक्नुपर्नेछ।

प्राप्त सिलबन्दी दरभाउ पत्र सोही दिन दिउँसो १ बजे विभागमा खोलिने सूचनामा उल्लेख छ। दरभाउ पत्रदाता व्यक्ति भए स्वयं वा निजको अधिकारप्राप्त प्रतिनिधि तथा फर्म वा कम्पनी भए आधिकारिक प्रतिनिधि उपस्थित हुन सक्नेछन्। प्रतिनिधि उपस्थित नभए पनि दरभाउ पत्र खोल्ने प्रक्रियामा बाधा नपर्ने विभागले स्पष्ट पारेको छ।

लिलाममा राखिएका सामग्री हेर्न चाहने इच्छुक व्यक्ति वा संस्थाले कार्यालय समयमा विभागमा सम्पर्क गरी अवलोकन गर्न सक्नेछन्।

एकभन्दा बढी दरभाउ पत्रदाताले समान अधिकतम रकम कबोल गरेमा उनीहरूबीच पुनः प्रतिस्पर्धा गराई बढी रकम प्रस्ताव गर्नेलाई लिलाम स्वीकृत गरिनेछ। स्वीकृत बोलपत्रदाताले कबोल गरेको रकममा नियमानुसार मूल्य अभिवृद्धि कर (भ्याट) समेत बुझाउनुपर्नेछ।

विभागका अनुसार लिलाम स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार कार्यालयमा सुरक्षित रहनेछ। सूचनामा उल्लेख नभएका विषय प्रचलित कानुनअनुसार हुने जनाइएको छ।

0 Comments