२१ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘डिजिटल क्षेत्रमा स्विट्जरल्यान्डसँग सहकार्य विस्तार गर्न नेपाल इच्छुक’ : सञ्चार मन्त्री तिमिल्सिना

डिजिटल सुरक्षा र सार्वभौमिकतादेखि एआईसम्म छलफल, नेपाललाई ‘एआई ग्लोबल समिट २०२७’ मा सहभागिताको निम्तो

अ अ+ अ-

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा स्विट्जरल्यान्डसँगको सहकार्य थप विस्तार गर्न नेपाल इच्छुक रहेको बताएका छन्।

मन्त्री तिमिल्सिना र स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) की वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसबीच बुधबार भएको शिष्टाचार भेटमा डिजिटल प्रविधिसहित आपसी सहयोगका विभिन्न क्षेत्रबारे छलफल भएको हो।

भेटमा मन्त्री तिमिल्सिनाले नेपालका विभिन्न क्षेत्रमा स्विट्जरल्यान्ड सरकारले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै सूचना तथा सञ्चार प्रविधिमा समेत सहकार्य विस्तार गर्न सकिने बताए।

नेपालले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै उनले सूचना प्रविधिको क्षेत्रमा थप लगानी आकर्षित गर्ने वातावरण सहज बन्दै गएको बताए।
भेटवार्तामा डिजिटल सुरक्षा, डिजिटल सार्वभौमिकता र अखण्डताका साथै सूचना प्रविधिको विकासबाट नेपालले लिन सक्ने लाभका विषयमा समेत छलफल भएको थियो।

एआई ग्लोबल समिटमा नेपाललाई निम्तो
भेटका क्रममा वरिष्ठ नीति सल्लाहकार लोइसले सन् २०२७ जुन २१ र २२ मा स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने ‘एआई ग्लोबल समिट २०२७’ मा सहभागी हुन नेपाललाई निमन्त्रणा दिएकी छन्।

उनले सम्मेलनमा नेपालको सहभागिता र त्यस क्रममा नेपाल तथा सम्बन्धित सरोकारवालाले प्राथमिकतामा राख्न सक्ने विषयबारे समेत चासो राखेकी थिइन्।

त्यस्तै, ‘फ्रिडम अनलाइन कोलिसन’मा नेपालको सम्भावित सहभागिताबारे पनि छलफल भएको छ। गठबन्धनमा नेपाल पर्यवेक्षकका रूपमा सहभागी हुन सक्ने सम्भावित भूमिकाका विषयमा दुवै पक्षबीच कुराकानी भएको हो।

हाल ४२ सदस्य राष्ट्र रहेको उक्त गठबन्धनले इन्टरनेट स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता तथा अनलाइन अधिकार प्रवर्द्धनका क्षेत्रमा सदस्य मुलुकबीच सहकार्य गर्दै आएको छ।

भेटमा नेपाल र स्विट्जरल्यान्डबीच विकसित हुँदै गएको सहकार्यलाई डिजिटल प्रविधि तथा सूचना सञ्चारका नयाँ क्षेत्रमा समेत विस्तार गर्ने सम्भावनाबारे विचार आदानप्रदान भएको थियो।

0 Comments