काठमाडौँ । सरकारले वन, कृषि तथा देवानीसम्बन्धी केही कानुनी व्यवस्था संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ती क्षेत्रसँग सम्बन्धित विद्यमान कानुनका केही व्यवस्था अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरेको सिंहदरबारस्थित उच्च स्रोतले प्रशासनलाई बतायो।
अध्यादेशमार्फत कुन-कुन ऐनका के-कस्ता व्यवस्था संशोधन गरिनेछन् भन्ने विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।
यसैगरी मन्त्रिपरिषद् बैठकले भूमि सम्बन्धी ऐन, २०२१, जग्गा (नाप जाँच) ऐन, २०१९, मालपोत ऐन, २०३४ र भू-उपयोग ऐन, २०७६ का विभिन्न व्यवस्था अध्यादेशमार्फत संशोधन गर्ने निर्णयसमेत गरेको छ।



