८ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनकोशी-मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्ध गरिएको विषयसँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन

अ अ+ अ-

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले सुनकोशी-मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्ध गरिएको विषयसँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

समितिले यस विषयमा जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो । समिति सभापति भरतबहादुर खड्काले सम्बन्धित निकायलाई सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदै कागजात प्राप्त भएपछि अध्ययन गरेर थप छलफल अघि बढाइने बताए।

 छलफलका क्रममा सभापति खड्काले राष्ट्रिय गौरवको आयोजना ढिलाइ हुँदा त्यसको असर मधेश प्रदेशमा मात्र सिमित नभई सिंगो देशलाई पर्ने बताए । सभापति खड्काले अब सार्वजनिक लेखा समितिमा व्यापक छलफल गरेर निष्कर्षमा पुगिने बताए। ठेक्का तथा टेण्डर रद्ध हुँदा हुने आर्थिक नोक्शानीलाई मात्र हेर्ने प्रवृत्तिमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।  

उनले परियोजना रद्ध वा ढिलाइ हुँदा त्यसको मूल उद्देश्य प्राप्तिमा पर्ने असर तथा त्यसबाट हुने समग्र क्षतिको समेत समीक्षा गर्नुपर्नेमा जोड दिए। 

सभापति खड्काले भने,‘मधेस अन्नको भण्डार हो । हाम्रा राष्ट्रिय गौरवका आयोजनाहरू जति ढिलो हुन्छन्, त्यसबाट मधेसलाई मात्र नभई सिंगो नेपाललाई नै क्षति पुग्छ । यस विषयले पनि मलाई गम्भीर बनाएको छ । यो विषयलाई समेत लेखा समितिमा व्यापक छलफल गरौँ र त्यसको पनि निष्कर्ष निकालौँ भन्ने मेरो धारणा छ । किनभने, अहिलेसम्म हामीले ठेक्कापट्टा तथा टेण्डर रद्ध हुँदा त्यसबाट हुने आर्थिक नोक्शानीलाई मात्र एकांगी रूपमा हेर्ने गरेका छौँ । तर जुन उद्देश्यका लागि परियोजना सञ्चालन गरिएको हो, त्यो परियोजना ढिलो हुँदा वा रद्द हुँदा त्यसको उद्देश्य प्राप्तिमा पर्ने असर र त्यसबाट हुने समग्र क्षतिको विषयमा पनि हामीले समीक्षा गर्नु जरुरी छ । यस्तो विषयमा व्यापक समीक्षा गर्दा सम्बन्धित सबै पक्षलाई थप जिम्मेवार बनाउन सकिन्छ भन्ने मलाई लाग्छ । यस विषयले पनि हामीलाई गम्भीर बनाएको छ ।’

समितिले अब सम्बन्धित निकायबाट कागजात प्राप्त गरेपछि ठेक्का रद्ध गर्नुको कारण, अपनाइएको प्रक्रिया तथा आयोजनामा परेको प्रभावबारे थप अध्ययन र छलफल गर्नेछ । 

0 Comments