२२ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुरीले गोलभेँडा खेतीमा क्षति

अ अ+ अ-

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेँडा खेतीमा क्षति पुगेको छ । व्यावसायिकरुपमा निर्माण गरिएका करिब चार सय टनेलमध्ये ८० वटामा क्षति पुगेको हो ।

सत्यवती गाउँपालिका–३ का वडाध्यक्ष जितबहादुर त्रामु मगरका अनुसार हुरीले टनेलको प्लास्टिक च्यातिएपछि गोलभेडा खेतीमा क्षति पुगेको हो ।  टनेलमा किसानले गोलभेँडा, बन्दा, काउली, सिमी, काँक्रा, सिमलामिर्च, तिते करेलालगायतका तरकारी उत्पादन गर्दै आएका छन् । 

एउटा टनेलबाट चारदेखि पाँच क्वीन्टलसम्म गोलभेँडा उत्पादन हुने त्यहाँका किसान बताउँछन् । टनेलको प्लास्टिक च्यातिएपछि गोलभेँडाका साथै अन्य तरकारीमा समेत क्षति पुगेको छ । उक्त क्षेत्रमा सबैभन्दा बढी गोलभेँडा उत्पादन हुने गरेको छ । ठूलोलुम्पेकमा उत्पादित तरकारी बिक्री गर्न स्थानीय बजारसँगै बुटवलसम्म लैजाने गरिएको छ ।

बजारमा गोलभेँडाको माग अत्यधिक भए पनि पछिल्लो समय माग अनुसार उत्पादन गर्न नसकिएको वडाध्यक्ष मगरले बताए । हुरीका कारण रु आठ लाखभन्दा बढीको गोलभेँडामा क्षति पुगेको छ । स्थानीय बजारमा गोलभेँडा प्रतिकिलो रु ५० देखि रु ६० सम्ममा तथा थोकमा रु ३५ देखि रु ४० सम्म बिक्री हुने गरेको छ । 

वडाध्यक्ष मगरका अनुसार ठूलोलुम्पेकमा इन्द्र विश्वकर्मा, लिलस राहडी, हेमराज थापा, मोतीप्रसाद श्रीस, चेतमान राहडीलगायत किसानले व्यावसायिकरुपमा तरकारी खेती गर्दै आएका छन्। वर्खामा सडक अवरुद्ध हुँदा यहाँका किसानलाई यतिबेला तरकारी बजारसम्म पुर्‍याउन सकस भएको छ । अहिले किसानले करिब एक घण्टा लामो वैकल्पिक सडक प्रयोग गरेर संकलन केन्द्रसम्म तरकारी पुर्‍याउनु पर्ने बाध्यता छ । 

किसानलाई बजारको समस्या नहोस् भन्ने उद्देश्यले सत्यवती गाउँपालिकाले बुटवलको कृषि उपज तथा तरकारी थोक बिक्री केन्द्रमा सटर भाडामा लिएर तरकारीको व्यवस्थापन गर्दै आएको छ । तीन वर्षदेखि गाउँपालिकाले सटरको भाडा व्यहोर्दै तरकारी बिक्रीको चाँजोपााजो मिलाउँदै आएको गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताए। 

तरकारी उत्पादनमा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले उत्पादनमा आधारित अनुदान उपलब्ध गराउँदै आएको उनले बताए। यस अन्तर्गत कृषकलाई प्रतिकिलो दुई रुपैयाँ र त्यसको व्यवस्थापन गर्ने समूहलाई प्रतिक्विन्टल २० रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको अध्यक्ष पाण्डेले बताए ।

0 Comments