२२ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसलाई पुनः जनताको भरोसायोग्य पार्टी बनाउने महाधिवेशनमा नेताहरूको संकल्प

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्नको लागि शुक्रबार मतदान हुँदैछ ।

पार्टीको विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरू महाधिवेशन प्रतिनिधिसँग मतदान स्थल खुला मञ्च, भृकुटीमण्डप, प्रज्ञाप्रतिष्ठान लगायतका क्षेत्रमा आफूलाई मत मागिरहेका छन् ।

महाधिवेशनमा उम्मेदवार दिने काँग्रेसका नेताहरूको एजेण्डा पार्टीभित्र पुस्तान्तरण, रूपान्तरण र संगठनात्मक सुधारमार्फत काँग्रेसलाई पुनः जनताको भरोसायोग्य राजनीतिक शक्ति बनाउने रहेको छ । महाधिवेशनमा खुला केन्द्रीय सदस्यका उम्मेदवार बलदेव तिमिल्सिना विशेष महाधिवेशनबाट भएको नीतिगत तथा नेतृत्व परिवर्तनलाई संस्थागत गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउँछन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै काँग्रेसलाई मुलुकको नेतृत्व गर्न सक्ने बलियो राजनीतिक शक्तिका रूपमा पुनः स्थापित गर्नुपर्ने उनको भनाई छ । पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको प्रक्रियालाई अब व्यवहारमै लागू गर्नुपर्ने अवस्था आएको उनले बताए। उनले पार्टीभित्र युवाको हस्तक्षेपकारी भूमिका बढाउँदै अग्रज नेताहरूलाई सम्मानजनक भूमिकासहित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘विशेष महाधिवेशनमार्फत नेपाली काँग्रेसभित्र काँग्रेसको नीतिमा, काँग्रेसको नेतृत्वमा हामीले परिवर्तन गर्‍यौँ । त्यो परिवर्तनलाई अहिले हामीले संस्थागत गर्नुपर्ने अवस्था छ । एकातिर नेपाली काँग्रेसको नेतृत्वमा स्थापित भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्नुपर्ने छ, अर्को विशेष महाधिवेशनमार्फत जुन ढंगले हामीले यो समाजमा भइरहेको परिवर्तन, युवाको राजनीतिमा हस्तक्षेपकारी भूमिका, अग्रजहरूलाई एउटा सम्मानजनक ढङ्गबाट बहिर्गमन गर्नुपर्ने, उहाँहरूको सम्मानजनक भूमिकालाई सम्मान गर्नुपर्ने स्थिति छ, त्यसलाई अब नेपाली काँग्रेस सभापति गगनकुमार थापाको नेतृत्वमा स्थापित गरेर नेपाली काँग्रेसलाई यो मुलुकको नेतृत्व गर्न सक्ने विगतको जस्तै बनाउनुपर्नेछ । अब मुलुकको समृद्धिको नेपाली काँग्रेस बलियो हुँदा मात्र सम्भव छ ।’

खुला केन्द्रीय सदस्यका अर्का उम्मेदवार कुमार लुइँटेलले आफ्नो उम्मेदवारी पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको एजेण्डालाई संस्थागत गर्न केन्द्रित रहेको बताए । काँग्रेस अब परम्परागत शैलीबाट अघि बढ्ने अवस्था नरहेको उनको भनाई छ । नयाँ राजनीतिक दलको उदय र काँग्रेसप्रति देखिएको जनअसन्तुष्टिलाई पार्टीले चुनौतीका रूपमा स्वीकार गरेर काम गर्नुपर्ने उनले बताए । विगतमा काँग्रेसबाट भएका कामको समीक्षा गर्दै कमजोरी स्वीकार गरेर नयाँ ढङ्गबाट अघि बढ्नुपर्ने उहाँको भनाई छ । पार्टीभित्र देखिएका मतभेद र ध्रुवीकरणका कारण निर्वाचनमा समेत असर परेको उल्लेख गर्दै उहाँले सबै पक्षलाई समेटेर काँग्रेसलाई पुनः भरोसायोग्य पार्टी बनाउने अभियानमा लाग्ने बताए । आगामी दिनमा काँग्रेसले सुशासन र समृद्धिलाई मुख्य राजनीतिक एजेण्डा बनाएर अघि बढ्नुपर्ने उनको भनाई छ । उनले गगनकुमार थापाको नेतृत्वमा आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो राजनीतिक शक्ति बनाउने लक्ष्य राखेर संगठन निर्माण गर्ने बताए । उनले पार्टीभित्रका वरिष्ठ नेताहरूलाई समेत समेट्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘हामी नयाँ ढंगले अब जानुपर्छ । नवीन ढंगले जानुपर्छ, अलि परिवर्तित भएर जानुपर्छ, हामी पुस्तान्तरण भएर जानुपर्छ, हामी रूपान्तरित भएर जानुपर्छ भन्ने कुरा हाम्रो खास एजेन्डाको कुरा छ । हामी हिजो हाम्रो नेताहरूले राम्रो गरे त्यसलाई हामीले आत्मसात गरेर लिएर जाने हो । कमीकमजोरी भयो भने त्यसलाई स्वीकार गरेर नयाँ ढंगले अलिकति परिष्कृत भएर जानुपर्छ । अब हामी नेपाली काँग्रेसको सभापति गगन थापाकै नेतृत्वमा काँग्रेसलाई एउटा उचाइ पुग्छ भन्ने हामीले अपेक्षा गरेका छौँ । यो मुलुकले भरोसा गरेको, यो मुलुकले आशा गरेको, सारा नागरिकले आशा गरेर भरोसायोग्य नेता गगन थापा हुनुहुन्छ । उहाँकै नेतृत्वमा अबको निर्वाचनमा नेपाली काँग्रेसलाई यो मुलुकको पहिलो पार्टी बनाउने अभियानमा हामी लाग्छौँ ।’

सुदूरपश्चिमबाट दलित क्लस्टरतर्फ केन्द्रीय सदस्यका उम्मेदवार रमेश ताम्राकारले पछाडि परेका समुदायको आवाज पार्टी नेतृत्वमा प्रभावकारी रूपमा उठाउन आफ्नो उम्मेदवारी रहेको बताए । उनले काँग्रेसलाई थप सशक्त बनाउन पनि आफूले भूमिका खेल्ने उनको भनाई छ । हाल संसदमा काँग्रेस संख्यात्मक रूपमा दोस्रो दल बने पनि जनमतका आधारमा पार्टी कमजोर नभएको उनको दाबी छ । पुराना दलप्रति जनतामा देखिएका असन्तुष्टि कारण नयाँ राजनीतिक शक्तिलाई मत गएको उल्लेख गर्दै उनले आगामी स्थानीय निर्वाचनमा काँग्रेसलाई पहिलो संगठन बनाउने गरी काम गर्ने बताए । संगठन र नीति सुधार दुवै सुधार गर्दै पार्टीलाई पुनः जनताको विश्वासको पार्टी बनाउने उनको भनाई छ । उनले पार्टीले विगतका कमजोरीको समीक्षा गरी मतदाताबाट टाढिनुको कारण पहिचान गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

महिला, दलित, जनजाति, मुस्लिमलगायत पछाडि परेका समुदायलाई अवसर दिने तथा युवाका लागि रोजगारी सिर्जना गर्ने नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके काँग्रेस पुनः बलियो बन्न सक्ने उनको भनाइ छ ।

उनले भने, ‘एमाले काँग्रेस माओवादीले विगतमा जुन जनतासँग वाचा गरेको थियो, त्यो पुरा गर्न सकेन । त्यसैले गर्दा जनताले अहिले पाला हामीलाई मत दिएनन् । एक पटक पुराना दललाई पनि बाहिर राखेर एउटा नयाँ गर्छु भन्नेलाई भोट दिएका छन् तर उनीहरूले पनि रङ रोगन गर्नु बाहेक खासै काम गरेका छैनन् । त्यसैले आगामी स्थानीय निर्वाचनमा काँग्रेस बहुमतमै जान्छ र अहिले गगनजीले जुन पोलिसी ल्याउनुभएको छ । युवाबाट लिएर योग्यदेखी विज्ञसम्म लिएको हुनाले स्थानीय निकायमा काँग्रेस अगाडि जान्छ । हाम्रा भोटरबाट हामी टाढा कसरी भयौ भन्ने एउटा समीक्षा गरेर कमी–कमजोरीलाई सुधारेर हामी अगाडी बढ्नेछौँ ।’

काँग्रेसका नेताहरूले महाधिवेशनलाई नेतृत्व चयनसँगै पार्टीको संगठनात्मक पुनर्संरचना, पुस्तान्तरण र जनविश्वास पुन:स्थापनाको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

0 Comments