काठमाडौँ । लोक सेवा आयोगले लेखापरीक्षण, प्रशासन तथा संघीय संसद् र परराष्ट्र सेवाअन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।
आयोगले बिहीबार केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १६७०१-१६७०७/०८२-८३ अन्तर्गत खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको लिखित नतिजा सार्वजनिक गरेको हो।
प्रकाशित नतिजाअनुसार लेखापरीक्षण सेवाको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।


त्यस्तै, प्रशासन तथा संघीय संसद् सेवाअन्तर्गत सामान्य प्रशासन र राजस्व समूह तथा संघीय संसद् सेवाको सामान्य प्रशासन समूहका शाखा अधिकृत वा सो सरह पदको लिखित परीक्षाको नतिजा पनि प्रकाशित गरिएको छ।

आयोगले परराष्ट्र सेवाको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको लिखित परीक्षाको नतिजासमेत सार्वजनिक गरेको छ।





