२५ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निःशुल्क आँखा उपचार शिविरबाट ९५४ जना लाभान्वित, १२३ जनाको मोतियाबिन्दुको शल्यक्रिया

अ अ+ अ-

दमौली (तनहुँ) । तनहुँको ऋषिङ गाउँपालिकामा सञ्चालन गरिएको नि:शुल्क आँखा उपचार शिविरबाट ९५४ जना लाभान्वित भएका छन् । 

नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल, नेपाल नेत्रहीन संघअन्तर्गत समावेशी समाजका लागि कार्य र ऋषिङ गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित शिविरबाट ९५४ जना लाभान्वित भएका हुन् ।

गाउँपालिकाका सम्पूर्ण वडामा असोज १७ गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको घुम्ती आँखा शिविर तथा असोज २३ र २४ गते कोटदरबार स्वास्थ्य चौकीमा आयोजित नि:शुल्क मोतियाविन्दुको शल्यक्रिया शिविरबाट स्थानीयले आँखा उपचार सेवा लिएका हुन् ।

शिविरमा ९५४ जनाले सेवा लिएकामध्ये ५७६ जनाको आँखासम्बन्धी विभिन्न समस्याको परीक्षण तथा उपचार गरिएको छ । त्यस्तै, नजिकको दृष्टिमा समस्या भएका १०१ जनालाई चस्मा वितरण गरिएको छ भने मोतियाविन्दुको समस्या भएका १०३ जनाको नि:शुल्क शल्यक्रिया गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल अम्गाईँले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाका विभिन्न वडामा घुम्ती शिविर सञ्चालन गरी स्थानीय नागरिकलाई सहज रूपमा आँखा उपचार सेवा उपलब्ध गराइएको हो । विशेषगरी आर्थिक तथा भौगोलिक कठिनाइका कारण आँखा परीक्षण र उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो ।

गाउँपालिकाका विभिन्न वडामा सञ्चालन गरिएको शिविर र कोटदरबार स्वास्थ्य चौकीमा भएको शल्यक्रिया सेवाले आँखासम्बन्धी समस्या भएका नागरिकलाई उपचारमा सहजता प्रदान गरेको उनले बताए। विशेषगरी मोतियाविन्दुको शल्यक्रिया नि:शुल्क रूपमा उपलब्ध हुँदा आर्थिक अवस्था कमजोर भएका सेवाग्राहीलाई राहत पुगेको छ ।

स्थानीयस्तरमै आँखा परीक्षण, उपचार, चस्मा वितरण तथा मोतियाविन्दुको शल्यक्रियाजस्ता सेवा उपलब्ध गराउँदा नागरिकको स्वास्थ्य सेवामा पहुँच बढ्नुका साथै समय र खर्च पनि बचत भएको छ ।

0 Comments