२५ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानामा किरा परेको उजुरीपछि ‘मन्त्र थकाली’लाई साढे दुई लाख जरिवाना, सात दिनभित्र सुधार गर्न निर्देशन

अ अ+ अ-

काठमाडौँ । खानामा किरा परेको उजुरीपछि काठमाडौँको महाराजगञ्जस्थित ‘मन्त्र थकाली’ रेस्टुरेन्टलाई दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले शनिबार गरेको आकस्मिक निरीक्षणका क्रममा खाद्य स्वच्छता तथा सरसफाइमा गम्भीर कमजोरी भेटिएपछि जरिवाना गरिएको हो। उपभोक्ताबाट टेलिफोनमार्फत खानामा किरा परेको उजुरी प्राप्त भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको द्रुत प्रतिकार्य टोलीसहितको संयुक्त टोलीले काठमाडौँ महानगरपालिका–३, महाराजगञ्जस्थित ग्रिन तारा हस्पिटालिटी प्रालिद्वारा सञ्चालित ‘मन्त्र थकाली’ रेस्टुरेन्टमा अनुगमन गरेको थियो।

विभागको अनुगमन प्रतिवेदनअनुसार रेस्टुरेन्टको भान्साको सरसफाइ सन्तोषजनक नरहेको, पकाइएका खाद्यपदार्थ नछोपी भण्डारण गरिएको तथा फ्रिज र भान्सामा साङ्ला र भुसुना भेटिएको थियो।

त्यसैगरी, भान्साको पानी निकास गर्ने स्थान फोहोर रहेको, फ्रिजमा खाद्यवस्तु अव्यवस्थित रूपमा भण्डारण गरिएको तथा फोहोर फाल्ने भाँडा खुला राखिएको पाइएको छ। यस्ता कमजोरीका कारण खानामा किरा पर्न सक्ने सम्भावना रहेको अनुगमन टोलीले औँल्याएको छ।
अनुगमनका क्रममा मसीयुक्त कागज अर्थात् पत्रिकामा पोको पारेर राखिएको करिब एक किलोग्राम फ्राइड आलुसमेत नष्ट गरिएको छ। खाद्यवस्तु पत्रिकामा राख्दा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले उक्त सामग्री नष्ट गरिएको हो।

संयुक्त अनुगमन टोलीले व्यवसायमा गम्भीर कमजोरी भेटिएको निष्कर्षसहित उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरेको हो।

रेस्टुरेन्ट सञ्चालकलाई पकाइएका खाद्यपदार्थ राम्ररी छोपेर भण्डारण गर्न, कीट नियन्त्रणको व्यवस्था थप प्रभावकारी बनाउन, भान्साको सरसफाइमा विशेष ध्यान दिन तथा फ्रिज र भान्सामा खाद्यवस्तु व्यवस्थित रूपमा राख्न निर्देशन दिइएको छ।
त्यस्तै, खाद्यपदार्थ राख्न मसीयुक्त कागज तथा पत्रिकाको प्रयोग नगर्नसमेत सचेत गराइएको छ।

विभागले अनुगमनका क्रममा देखिएका सम्पूर्ण कमजोरी सात दिनभित्र सुधार गरी त्यसको प्रमाणसहित उपस्थित हुन रेस्टुरेन्ट सञ्चालकलाई निर्देशन दिएको छ।

तोकिएको अवधिभित्र सुधार नगरे प्रचलित खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम थप कानुनी कारबाही गरिने विभागले चेतावनी दिएको छ।

0 Comments