२६ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक्स्ट्रिम म्युजिक सिरिज सुरु, पहिलो सिजनमा नौ कलाकारको प्रस्तुति

प्रत्येक दुई सातामा नयाँ मौलिक गीत सार्वजनिक गरिने, पहिलो सिजनमा नौ कलाकारले आ–आफ्नो सङ्गीत शैली र सिर्जनात्मक पहिचान प्रस्तुत गर्ने।

अ अ+ अ-

काठमाडौं । नेपाली सङ्गीतमा नयाँ पुस्ताका कलाकारको सिर्जनशीलता, मौलिकता र नवीन प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ। अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको सिरिजमार्फत नेपाली सङ्गीतमा नयाँ शैली र सिर्जनात्मक प्रस्तुतिलाई प्राथमिकता दिइने भएको छ।

एक्स्ट्रिम इनर्जी ड्रिंकको अवधारणामा सञ्चालन गरिएको सिरिजको व्यवस्थापन आर्बिट्ररी रेकर्ड्सले तथा निर्माण एनएफटीपी (नर्थ फ्रम दिस प्लानेट) ले गरिरहेका छन्। आयोजकका अनुसार सिरिजअन्तर्गत प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक गीत सार्वजनिक गरिनेछ। सार्वजनिक हुने गीत तथा सङ्गीत भिडियोहरू ‘एक्स्ट्रिम म्युजिक सिरिज’ को आधिकारिक युट्युब च्यानलमार्फत उपलब्ध हुनेछन्।

सिरिजको पहिलो सिजनमा नेपाली सङ्गीत क्षेत्रका नौ कलाकार सहभागी हुने भएका छन्। यसमा याबेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन रहेका छन्। सहभागी कलाकारले आ–आफ्नो सङ्गीत शैली, सिर्जनात्मक क्षमता र मौलिक पहिचानअनुसार प्रस्तुति दिने आयोजकले जनाएको छ।

परम्परागत सङ्गीत प्रस्तुतिभन्दा फरक अवधारणामा तयार गरिएको सिरिजले आधुनिक सङ्गीत प्रयोग, कलाकारबीचको सिर्जनात्मक सहकार्य र स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। यसमार्फत नयाँ पुस्ताका कलाकारलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर उपलब्ध गराउनुका साथै नेपाली सङ्गीतलाई थप विविधतापूर्ण बनाउने अपेक्षा गरिएको छ।

एक्स्ट्रिम इनर्जी ड्रिंकका अनुसार यो पहल व्यावसायिक प्रवर्द्धनमा मात्र सीमित नभई नेपाली सङ्गीत क्षेत्रका प्रतिभाको पहिचान, मौलिक सिर्जनाको विकास र स्थानीय सङ्गीत संस्कृतिको प्रवर्द्धनमा समेत केन्द्रित रहनेछ। सिरिजले कलाकार र श्रोताबीचको सम्बन्ध विस्तार गर्दै नेपाली सङ्गीत क्षेत्रमा नयाँ सिर्जनात्मक सम्भावनाको विकासमा योगदान पुर्‍याउने आयोजकको विश्वास छ।

0 Comments