२६ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कूटनीति असफल छैन’-राजदुत पाण्डे

अ अ+ अ-

काठमाडौँ । भारतका लागि प्रस्तावित नेपाली राजदुत डा. निश्चलनाथ पाण्डेले नेपालको कूटनीतिलाई असफल भन्न नमिल्ने स्पष्ट पारेका छन् । 

सोमवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्ना दृष्टिकोण र कार्य योजना प्रस्तुत गर्दै उनले सिंगो दक्षिण एशिया बेलायती उपनिवेशमा रहँदा समेत नेपाल अविभाज्य र स्वतन्त्र रहनु नै मुलुकको कूटनीतिक सफलताको ऐतिहासिक प्रमाण भएको दाबी गरेका हुन् । संसदीय सुनुवाई समितिका सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै डा. पाण्डेले विकास र पूर्वाधार निर्माण तथा राजनीतिक स्थिरतामा कमजोरी देखिए पनि नेपालको सार्वभौमिक कूटनीति कहिल्यै असफल नभएको बताए। उनले नेपालजस्तो सानो राष्ट्र आफ्नो नक्सा, झण्डा र राष्ट्रिय पहिचानका सवालमा स्वाभाविक रूपमै संवेदनशील रहने उल्लेख गर्दै कूटनीतिक वार्ताहरूमा पर्याप्त गृहकार्य र परिपक्वता आवश्यक पर्ने बताए ।

वीपी कोइराला भारत–नेपाल फाउण्डेसन (बीपीकेएफ) को प्रभावकारिता घट्दै गएको विषयमा प्रष्टीकरण दिँदै डा. पाण्डेले यस संयन्त्रलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता औँल्याए । विगतमा नेपाल सरकारको तर्फबाट बजेट विनियोजन कम हुँदा भारतको तुलनामा नेपाली पक्षका कार्यक्रमहरू ओझेलमा परेको स्वीकार गर्दै उनले राष्ट्रिय प्राथमिकताका आधारमा फाउण्डेसनका गतिविधिहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको कार्यशैली र व्यवस्थापनमा व्यापक सुधार ल्याउने अठोट व्यक्त गर्दै डा। पाण्डेले आधारभूत सूचना प्रविधिमा समेत कमजोरी देखिएको उल्लेख गरे ।

दूतावासको आधिकारिक वेबसाइटमा पूर्व राजदूतहरूको नामावलीसमेत नहुनु दु:खद् भएको भन्दै उनले कुनै अतिरिक्त बजेटबिनै सुधार गर्न सकिने प्रशासनिक कामहरू तत्काल अघि बढाइने जानकारी दिए । उनले आफ्नो निष्ठा, अनुभव, ज्ञान र सम्बन्ध सञ्जाल (नेटवर्क) को अधिकतम उपयोग गरी दूतावासको कार्यक्षमता अभिवृद्धि गर्ने बताए । 

0 Comments