२७ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न नि:शुल्क एम्बुलेन्स सेवा

अ अ+ अ-

वालिङ (स्याङ्जा) । स्याङ्जाको हरिनास गाउँपालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको साउनदेखि लागू हुनेगरी गर्भवतीलाई अस्पतालसम्म पुर्‍याउनका लागि नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । गर्भवतीलाई सहजरुपमा अस्पतालसम्म पुर्‍याएर सुरक्षित रूपमा सुत्केरी गराउनका लागि एम्बुलेन्स सेवा उपलब्ध गराउन सुरु गरेको गाउँपालिकाका सूचना अधिकारी एवम् स्वास्थ्य शाखा प्रमुख विदुर सिग्देलले जानकारी दिए।

सुरक्षित तथा संस्थागत सुत्केरी गराउन प्रोत्साहन गर्ने, मातृशिशु मृत्युदरलाई शून्यमा झार्ने र घरमै हुने सुत्केरीको दरलाई शून्यमा पुर्‍याउने उद्देश्य राखिएको उनले बताए।

“गाउँघरमा आवश्यक परेका जुनसुकै बेला सवारीसाधन उपलब्ध नहुन सक्छन्, कतिपयलाई अस्पतालसम्म पुग्न सवारीसाधनको पहुँच नहुन पनि सक्छ”, उनले भने, “गर्भवतीलाई छिटो छरितो र सहजरुपमा अस्पतालसम्म पुर्‍याएर सुरक्षितरुपमा सुत्केरी बनाउन एम्बुलेन्स सेवाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ ।”

हरिनास गाउँपालिका ग्रामीण र विकटमा रहेको गाउँपालिका हो । गर्भवती तथा सुत्केरीलाई लक्षित गरी गाउँपालिकाका तीन वटा स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर’ सञ्चालनमा छन् । वडा नं ३ को मग्याम चिसापानीस्थित मग्याम चिसापानी स्वास्थ्य चौकी, वडा नं ४ को चित्रेभञ्ज्याङमा रहेको चित्रेभञ्ज्याङ स्वास्थ्य चौकी र वडा नं ६ को क्याक्मीमा अवस्थित क्याक्मी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा छ ।

“घरबाट बर्थिङ सेन्टरसम्म सहज रूपमा पुर्‍याउन पालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन सुरु गरेको हो”, उनले भने, “गर्भवती तथा सुत्केरीलाई नेपाल सरकारले रु दुई हजार उपलब्ध गराउँदै आएको छ ।”

हरिनाश गाउँपालिकामा हालसम्म एउटा आयुर्वेद औषधालयसहित कुल १० वटा स्वास्थ्य चौकी रहेका छन् । स्थानीयको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै अस्पतालको भवन निर्माण भइरहेको छ ।

गर्भवती तथा सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन चालु आर्थिक वर्षमा रु नौ लाख बजेट विनियोजन गरिएको छ । हरिनास गाउँपालिकाभित्र हाल मग्याम चिसापानी स्वास्थ्य चौकीको र अर्को एक स्थानीय संस्थाको गरी दुई वटा एम्बुलेन्स सञ्चालनमा छ ।

0 Comments