काठमाडौँ । कर्णाली प्रदेश लोक सेवा आयोगले स्थानीय सरकारी सेवाअन्तर्गत पाँचौँ तहका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान गरेको छ।
प्रदेश आयोगले आज एक सूचना जारी गर्दै ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकन र कार्यक्षमताको मूल्यांकनका आधारमा हुने बढुवाका लागि सूचना प्रकाशित गरेको हो।
इच्छुक तथा योग्य उम्मेदवारले कात्तिक ३० गतेसम्म दरखास्त दिन सक्नेछन्।




